१२ वर्षपछि एकै चलचित्रमा सँगै देखिदै काजोल र अमिताभ !
8 years अगाडी
Susma Dhakal
लामो समयको अन्तरालपछी बलिउड अभिनेत्री काजोल ‘हेलिकोप्टर इला’बाट बलिउडमा कमब्याक गर्ने भएकी छिन् । काजोल यसभन्दा अघि सन् २०१५ मा आएको फिल्म ‘दिलवाले’मा शाहरुख खानसँग देखिएकी थिइन् । हेलिकोप्टर इला’मा काजोल एकल आमाको भूमिकामा देखिनेछिन् । उनका छोराको भूमिकामा भने ऋद्धि सेन देखिँदै छन् । फिल्म अजय देवगणको होम प्रोडक्सनमा बन्दै छ । फिल्मको निर्देशन प्रदीप सरकारले गर्ने भारतीय मिडियाले जनाएका छन् ।
मिडियाले उल्लेख गरेअनुसार फिल्ममा अमिताभ बच्चन पनि देखिनेछन् । फिल्ममा अमिताभले एक महान् कलाकारको भूमिका निभाउने बताइएको छ । यसअघि अमिताभ र काजोल ‘कभी खुसी कभी गम’ र ‘कभी अलबिदा ना कहेना’मा सँगै देखिएका थिए । काजोल र अमिताभले १२ वर्षपछि सँगै काम गर्न लागेका हुन् ।
August 16, 2018 12:39 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
Loading...