दुर्घटनामा धेरै दुइपाङ्ग्रे चालकको मृत्यु
काठमाडौँ, ३१ साउन : काठमाडौँ उपत्यकामा सवारी साधनको दुर्घटनामध्ये मोटरसाइकल र स्कुटर चालकको धेरै ज्यान जाने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष ०७४÷७५ मा मोटरसाइकल र स्कुटर दुर्घटनामा १११ जनाको ज्यान गएको छ । सो अवधिमा १४७ पुरुष र ४७ महिलाको ज्यान गएको थियो । “मोटरसाइकल तीव्र गतिमा चलाउँदा कन्ट्रोल गर्न नसकी पल्टिने गरेको छ,” महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले भन्नुभयो । यस्तै पैदलयात्रु ६३, ट्रक चार, साइकल तीन, बस आठ, टेम्पो एक र कार दुर्घटनामा चार जनाको ज्यान गएको थियो ।
आव ०७३÷७४ मा उपत्यकामा सवारी दुर्घटनामा १८२ जनाको मृत्यु भएकामा पैदलयात्रु ७९, मोटरसाइकल तथा स्कुटर दुर्घटनामा ७७, ट्रक दुर्घटना चार, बस दुर्घटना सात, टेम्पो दुर्घटनामा एक र कार दुर्घटनामा नौजनाको मृत्यु भएको थियो । आव ०७३÷७४ मा पैदलयात्रुको धेरै मृत्यु भएपछि महाशाखाले पैदलयात्रुलाई लक्षित गरी सडकमै विशेष कक्षा सञ्चालन गरेपछि पैदलयात्रु मर्नेको सङ्ख्यामा कमी आएको हो । उपत्यकामा मात्र आव ०७४÷७५ मा ११ हजार ५०७ दुर्घटना भएकामा एक हजार ५८० ट्रक, एक हजार ३२७ बस, ४१० माइक्रो, तीन हजार ८९० कार, भ्यान, जीप, चार हजार ४६ मोटरसाइकल, स्कुटर, १०३ टेम्पो परेका थिए ।
August 16, 2018 1:59 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै