Tuesday 31st March 2026

अब वाईफाईको प्रयोग गरेर बम पत्ता लगाउन सकिने !

8 years अगाडी

काठमाडौँ, १ भदौ । सुन्दा अचम्म लाग्नसक्छ तर अनुसन्धानकर्तालाई एउटा महत्वपुर्ण सफलता हात लागेको छ । अब वाईफाईको प्रयोग गरेर सार्वजनिक स्थलमा हतियार वा विस्फोटक पदार्थ पत्ता लगाउन सकिने अमेरिकी अनुसन्धानकर्ताहरूले बताएका छन्।वाईफाई सार्वजनिक स्थलमा हतियार तथा विस्फोटक पदार्थ पत्ता लगाउने सस्तो प्रविधिको रूपमा विकसित हुनसक्ने अनुसन्धानकर्ताले बताएका छन् ।

विनातार प्रसार हुने सङ्केतहरूले झोलाभित्र रहेका वस्तुबारे जानकारी दिनसक्ने अध्ययनमा उल्लेख छ ।त्यसबाट खतरनाक धातु तथा तरल पदार्थ वा विस्फोटक रसायनको परिमाणबारे जानकारी पाउन सकिन्छ।अनुसन्धानकर्ताहरूले एन्टिनासहितको वाईफाई उपकरणको प्रयोग गर्दा ९० प्रतिशतसम्म त्यस्ता जानकारी सही रूपमा पाएका थिए।उनीहरूका अनुसार यो प्रविधिको प्रयोग गर्दा सुरक्षा जाँचमा लाग्ने खर्च कम हुने र व्यक्तिगत निजत्वको न्यूनतम उल्लङ्घन हुने गरी काम गर्न सकिन्छ।

          August 17, 2018 11:45 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...