प्रियंकाको परिवारसँग छोरी माग्न आफ्ना मातापिता लिएर भारत आए निक
8 years अगाडी
Susma Dhakal
मुम्बइ। प्रियंका चोपडाका ब्वाइफ्रेण्ड निक जोनस आफ्ना मातापितासँग भारत आइसकेका छन् । बिहीबार साँझ उनलाई मुम्बइ एयरपोर्टमा अभिभावकसँग देखियो । खबरअनुसार निक परिवारसहित प्रियंकाको पार्टीका लागि आएका हुन् । बिहेअघिको पारिवारिक समझदारीको लागि प्रियंका आफ्ना परिवार र निकको परिवारको भेट गराउन चाहन्थिन् । यही सिलसिलामा निकको पूरै परिवार भारत आएको हो ।
यो पारिवारिक भेटघाटपछि प्रियंकाको इंगेजमेन्टको पार्टी हुने अनुमान गरिएको छ । प्रियंका र निकको परिवारको आपसमा यो पहिलो भेट हुनेछ । हालै प्रियंका चोपडा डिजाइनल मनिष मलहोत्राको पार्टीमा गएकी थिइन् । यस क्रममा उनको औंलामा देखिएको औंठी चर्चाको विषय बन्यो । यो औंठीको मूल्य २ लाख डलर पर्ने बताइएको छ ।
August 17, 2018 12:03 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
Loading...