दीपिका र रणबीर सिंहको विवाहमा मोबाइल फोन प्रतिबन्ध!
एजेन्सी। यतिबेला बलिउडमा दीपिका पादुकोण र रणबीर सिंहबीच हुने भनिएको विवाहले निकै चर्चा पाएको छ। उनीहरुको विवाहसँग सम्बन्धित समाचार लगातार आइरहेका छन्। केही दिन अगाडि उनीहरुको विवाहको मिति सार्वजनिक भएको थियो।उनीहरुको विवाह इटलीमा २० नोभेम्बरमा हुँदैछ। योसँगै उनीहरुको विवाह गोप्य तरिकाले हुने बताइएको छ। उनीहरुले विवादलाई निजी विषय बनाउन नयाँ तरिका खोजेका छन्।
भारतीय संचारमाध्यमका अनुसार उनीहरुले आफ्नो विवाहलाई निजी बनाउनकालागि इटलीमा विवाह गर्न लागेको बताइएको छ। उनीहरुको विवाह इटलीको कोमो शहरमा हुने भएको छ।आफ्नो विवाहको गोपनीयता राख्ने क्रममा उनीहरुले विवाहमा आउने पाहुनालाई मोबाइल फोन नल्याउन आग्रह गर्ने भएका छन्। मोबाइलबाट फोटो नखिचुन भनेर उनीहरुले यस्तो आग्रह गर्न लागेको बताइएको छ।
स्रोतलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाए अनुसार दीपिका र रणबीरले विवाहमा आउने पाहुनालाई मोबाइल फोन नल्याउन अपिल गरेका छन्। आफ्नो विवाहको फोटो आफ्ना फ्यानलाई आफूहरुले नै सार्वजनिक गर्ने उनीहरुको योजना रहेको बताइएको छ।
August 17, 2018 2:07 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले