Tuesday 31st March 2026

२ नं प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधन- ‘विकासका लागि चिन्तित छु’

8 years अगाडी

जनकपुरधाम, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रदेश नम्बर २ को विकासका लागि आफू चिन्तित रहेको बताएका छन् ।

प्रदेश नं. २ को प्रदेशसभा बैठकलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । सम्बोधनका क्रममा अोलीले भने- ‘प्रदेशको विकासका लागि संघीय सरकार र म एकदमै चिन्तित छौं । यहाँ विकासको असाधारण सम्भावना छ ।’

साथै प्रदेश २ मा रहेको उर्वर जमिनलाई सिँचाइ सुविधा उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको बताउदैं उनले कृषिको आधुनिकीकरण गरेर प्रदेशको विकास गर्न सकिने तर्क पेश गरे । परम्परागत कृषिको तुलनामा कृषिमा आधुनिकीकरण गरिएमा हालको उत्पादनलाई चारगुणासम्म बढाउन सकिने ओलीको कथन थियो ।

          August 18, 2018 2:59 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...