दुई छोरीको शौचालयमा डुबाएर हत्या गरी फरार रहेकी आमा पक्राउ
काठमाडौं, भदौ । दुई छोरीलाई चर्पीको खाल्डोमा डुबाएर फरार रहेकी ताप्लेजुङकी अनिता विकलाई प्रहरीले पक्राउ गरेको छ । धरान जान लागेको सूचनाको आधारमा प्रहरीले खोजी गर्दा उनलाई शुक्रबार सुनसरीको तरहराबाट पक्राउ गरेको हो ।अनिताले आफ्ना दुई छोरीलाई चर्पीको खाडलमा डुबाएर भाग्दा एकजनाको डुबेकै ठाउँमा र अर्कोको उपचारका लागि झापा लैजाने क्रममा मृत्यु भएको थियो ताप्लेजुङको पाथिभरा याङबरक वडा नम्बर २ की अनिताले आफ्नै जुम्ल्याह छोरीको निर्मम हत्या गरेकी हुन् ।
उनलाई तरहरामा फेला पारेको ताप्लेजुङका प्रहरी निरीक्षक लक्ष्मणबहादुर थापाले जानकारी दिएका छन् ।माइतीमा बस्दै आएकी कमलाले आगामी भदौ ५ गते एक वर्ष पुग्ने ती जुम्ल्याहा बच्चीहरुलाई कच्ची शौचालयभित्र दिशामा डुबाइएर फरार भएकी थिइन् । कमलाकी आमा संजमायाले घाँस काट्ने बेलामा बच्चा रोएको आवाज सुनेपछि स्थानीयससहित उक्त स्थानमा हेर्दा एउटी बालिकाको ज्यान गइसकेको र एउटीको भने जिवितै उद्धार गरिएको थियो । जिवीतै उद्धार गरिएकी बालिकालाई पनि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा ज्यान गएको हो ।
August 18, 2018 3:20 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै