यस्तो छ प्रियंकाको इन्गेजमेन्टप्रति पूर्व प्रेमी शाहिदको रियाक्सन
एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकन गायक निक जोनसले इन्गेजमेन्ट गरेका छन्। हिजो भएको प्रियंकाको इन्गेजमेन्ट पार्टीमा प्रियंकाका परिवारसँगै निक जोनका परिवारपनि सहभागी बनेका थिए।प्रियंकाले औपचारिक रुपमा इन्गेजमेन्टको खुलासा गरेपछि उनलाई बधाईको ओइरो आइरहेको छ। कुनै समय बलिउड अभिनेता शाहिद कपूरसँग प्रियंका चोपडाले डेट गर्ने गरेको खबरहरु निकै आउने गरेका थिए। तर उनीहरुले आफ्नो प्रेमका बारेमा भने स्वीकार गरेनन्।
पछि यिनीहरुको ब्रेकअप भयो । शाहिदले पनि मिरा राजपूतसँग विवाह गरे भने प्रियंकाले पनि निकसँग इन्गेजमेन्ट गरिन्। अब उनी चाडै विवाह बन्धनमा बाँधिदै छिन्।हालै प्रियंकाको इन्गेजमेन्टलाई लिएर शाहिद कपुरसँग प्रश्न गरिएको थियो। उनले प्रष्ट जवाफ दिदै भने, म प्रियंकाका लागि निकै खुसी छु। धेरै धेरै बधाई। विवाह एक सन्दर चीज हो। म यो अनुभवका साथ भन्न सक्छु। अल द बेस्ट टू हर । शाहिदले स्पष्ट शब्दमा प्रियंकाका लागि खुसी भएको बताएका हुन्।
August 19, 2018 11:35 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले