यसकारण लगायो काठमाडौं उपत्यकामा डुकाटी मोटरसाइकल गुडाउन प्रतिबन्ध !
प्रहरीले उपत्यकाभित्र डुकाटी मोटरसाइकल गुडाउन रोक लगाएको छ । आजको कारोबारले दोस्रो पृष्ठमा यो समाचार छापेको छ ।अत्याधिक ध्वनी प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पुगेको निष्कर्शसहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले डुकाटी ब्रान्डका कुनै पनि मोटरसाइकल उपत्यकाभित्र सञ्चालन गर्न नपाइने गरी प्रतिबन्ध लगाएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी वसन्त पन्तले राजधानीको सडक डुकाटी मोटसरसाइकलको गति धान्न सक्ने क्षमताको नभएको र यहाँको जनघनत्व त्यही अनुसार रहेका कारण यसको प्रयोगमा रोक लगाइएको स्पष्ट पारे । १ हजार २ सय सीसीसम्मका यी मोटरसाइकल चलाउन सक्ने पूर्वाधार नै छैन ।’ एसएसपी पन्तले भने, ‘१ हजार २ सय सीसीसम्मका यी मोटरसाइकललाई सञ्चालन गर्न दिने हो भने आम नागरिकको हित विपरीत हुन्छ ।’डुकाटी लगायतका बुलेट मोटरसाइकलका कारण ध्वनी प्रदूषण बढेको भन्दै सर्वसाधारणले महाशाखामा त्यस्ता सवारी सञ्चालनमा रोक लगाउन माग गर्दै दर्जनौं लिखित तथा मौखिक उजुरी समेत दिएका छन् ।
August 19, 2018 11:43 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै