Tuesday 23rd December 2025

भारतको टेष्ट टिममा १८ वर्षीय पृथ्वी शाह

7 years अगाडी

७ भदौ, काठमाडौं । भारतले इंल्याण्डविरुद्ध खेल्ने टेष्ट टोलीमा १८ वर्षीय ब्याट्सम्यान पृथ्वी शाहलाई समावेश गरेको छ ।उनलाई मुरली विजयको स्थानमा ल्याइएको हो । कुलदीप यादवको स्थानमा हनुमा विहारी आएका छन् ।

भ्रमणकारी टोली भारतले तेस्रो टेष्ट २०३ रनको फराकिलो अन्तरले जितेको थियो । पाँच म्याचको सिरिजमा इंग्ल्याण्ड २-१ ले अगाडि छ ।चौथो टेष्ट साउथहृयाम्पटनमा ३० अगष्टबाट हुनेछ ।

भारतको टेष्ट टिममा स्थान बनाएका ओपनर शाह यू-१९ टिमका कप्तान हुन् । उनले १४ फस्ट क्लास क्रिकेटमा सात शतक बनाएका छन् । उनले वेष्टइण्डिजविरुद्ध १८८ रनको पारी खेलेका थिए ।

          August 23, 2018 9:05 am | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...