पशुपतिनाथको मन्दिर बाहिर आर्यघाटमा घट्यो डरलाग्दो घट्ना, पशुपतिका फलामे बेन्चमा बस्दा होस गर्नुपर्ने भो!
काठमाडौं : पशुपति आर्यघाटमा राखिएको फलामको मेचमा विद्युत् प्रवाह हुँदा पुष्प गन्धर्वको निधन भएको छ। गन्धर्व हाल काठमाडौं महानगरपालिका–७ मा बसोबास गर्दै आएका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बेलुकी विद्युत् आपूर्ति अवरुद्ध भएका बेला अपरिचित व्यक्तिले तार मेचमा बाँधिदिएको महानगरपालिका-७ का अध्यक्ष शुद्धकुमार डङ्गोलले बताए। विद्युत् आएपछि मेचमा प्रवाह भयो ।
खाली मेचमा बस्न पुगेका गन्धर्व विद्युत्को झट्काले बेहोस भएपछि उपचारका लागि काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचारका लागि लगिएको थियो। चिकित्सकले केही समयमै गन्धर्वको निधन भएको घोषणा गरेको महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए।
गन्धर्वको शव पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको जनाइएको छ। घटनाका सम्बन्धमा छलफल गर्न पशुपति क्षेत्र विकास कोषको कार्यालयमा कोषका अधिकारीसहित पीडित परिवार, वडा कार्यालयका प्रतिनिधि र प्रहरीबीच अहिले छलफल भइरहेको छ।
August 23, 2018 11:04 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै