Tuesday 31st March 2026

डोनाल्ड ट्रम्पमाथि महाअभियोग लाग्नसक्ने

8 years अगाडी

एजेन्सी, ७ भदाै । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लाग्नसक्ने भएको छ । अमेरिकी अदालतले सन् २०१६ को चुनावी अभियानमा वित्तीय नियमको उल्लघंन गरेको आरोप लगाउँदै ट्रम्पका दुई जना सहयोगीलाई पक्राउ गरेसँगै जेल सजाय तोकेको छ ।राष्ट्रपति ट्रम्पकै आदेशमा चुनावी रकम गैरकानुनी रुपमा भुक्तानी भएको पक्राउ परेका उनका सहयोगीहरुले बयान दिएका छन् ।

ट्रम्पका कानुन व्यवसायी माइकल कोहेनले चुनावी प्रचारमा रकमको दुरुपयोग भएको स्विकार गर्दै पोर्नस्टार स्टोर्मी ड्यानियल्स र प्लेब्बाय मोडेल कारेन क्याकडगलाई कानुन विपरित चुनावी प्रचारको रकम भुक्तान गरेको बयानमा उल्लेख गरेका छन् ।कोहेनको यो स्विकारोक्तिपछि राष्ट्रपति ट्रम्पमाथि कानुनी जोखिम बढेको छ । अमेरिकी कानुनी परम्परामा मुद्दा लाग्दैन तर यदि यो अभियोग प्रमाणित भयो भने उनिमाथि महाअभियोग लाग्न सक्नेछ ।

          August 23, 2018 11:32 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...