सौर्य मिनी ग्रीड परियोजना शुभारम्भ, वर्षमान पुनद्वारा उद्घाटन
मोरङ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मिक्लाजुङ गाउँपालिका–१ आइतबारेमा निर्माण गरिएको ३० किलोवाट क्षमताको सौर्य मिनी ग्रीड परियोजना बुधबार शुभारम्भ गरे ।केन्द्रीय प्रसारण लाइन पुग्न नसकेको जिल्लाको विकट मानिने सो क्षेत्रमा ऊर्जाको आवश्यकता पूर्ति गर्न जडान गरिएको सो प्रणालीबाट ७५ घरधुरीमा विद्युतीकरण भएको छ।एसियाली विकास बैंकको रु एक करोड ४५ लाख २० हजार, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु १६ लाख र जिल्ला समन्वय समितिको रु छ लाख गरी कूल एक करोड ७५ लाख ८७ हजार ५४५ को लागतमा सो प्रणाली जडान गरिएको हो। सूर्योदय ऊर्जा प्रालिले निर्माण गरेको उक्त परियोजनामा पहिलोपटक स्मार्ट मिटर अर्थात् प्रिपेड मिटर जडान गरी समुदाय आफैँले सो प्रणालीको व्यवस्थापन गरेको छ।
मन्त्री पुनले केन्द्रीय प्रसारण पुग्न नसकेका विकट बस्तीमा सौर्य ऊर्जाबाट विद्युतीकरण गरी त्यसलाई विस्तारै राष्ट्रिय प्रसारणमा जोड्दै लैजाने र सौर्य पम्पिङबाट खानेपानी र सिँचाइको व्यवस्थालाई सरकारले प्राथमिकता दिने उल्लेख गर्नुभयो । उहाँले वर्तमान सरकार गठनपछि चीन, बङ्गलादेशसँग ऊर्जा क्षेत्रमा सहकार्यको ढोका खुलेको उल्लेख गर्दै प्रदेश नं १ मा विभिन्न ठूला, मझौला र साना विद्युत् तथा नवीकरणीय ऊर्जा आयोजनाका निर्माण अगाडि बढाइएको बताए।राजनीतिक स्थायित्वसँगै अब मुलुक आर्थिक विकासमा अगाडि बढेको र यसका लागि ऊर्जालाई उच्च प्राथमिकतामा राखिएको बताउँदै मन्त्री पुनले सामाजिक न्याय र समानता भएमात्रै लोकतन्त्र सार्थक हुन्छ भने। राजनीतिक परिवर्तनलाई आर्थिक विकासमा रुपान्तरण गर्नु नै अहिलेको आवश्यकता भएको उनको भनाइ थियो।
प्रतिनिधिसभा सदस्य घनश्याम खतिवडाले सरकारले अघि सारेको ‘सुखी नेपाली र समृद्ध नेपाल’को अभियानलाई सार्थक तुल्याउन तीनवटै तहका जनप्रतिनिधिले सामूहिकरूपमा कार्य गर्नुपर्नेमा जोड दिए। राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले ऊर्जा विकासको मुख्य आधार भएकाले वर्तमान सरकारको हरेक घर ऊर्जा घर र हरेक बस्ती ऊर्जा बस्ती बनाउने अभियानलाई पूरा गर्न सकिए मुलुकले आर्थिक विकासमा ठूलो फड्को मार्न सक्छ भने।
August 23, 2018 11:38 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी