Tuesday 23rd December 2025

‘बाहुनसँग विवाह गरेर पछुतो भयो अब आफू भन्दा कान्छो दलितसँग विवाह गर्छु’ -मिना ढकाल

7 years अगाडी

मनोज गजुरेलसँग सम्बन्ध विच्छेद गरेर चर्चामा आएकी मिना ढकालले आफु भन्दा कान्छो दलित केटासँग विवाह गर्ने इच्छा भएको बताएकी छिन् । उनले एक युट्युब अन्तरवार्तामा आफू भन्दा ठुलोसँग विवाह गरेर पछुतो भएको भन्दै आफू भन्दा कम उमेरको दलितसँग विवाह गर्ने इच्छा भएको बताएकी हुन् । अन्तर्वार्तामा आफूलाई धेरैको प्रस्ताव आएको बताएकी छिन् ।धेरैको प्रस्ताव आए पनि उनले अफूभन्दा परिपक्वसँग र धनिसँग विवाह नगर्ने बताएकी छिन् । विवाहको बारेमा प्रश्न गर्दा उनले भनिन् ‘आफूभन्दा ठुलो उपाध्याय बाहुनसँग विवाह गरे अहिले यस्तो भयो ।

अब बरु हुन सक्छ भने आफु भन्दा कान्छो दलितसँग विवाह गर्न चाहन्छु ।’ आफु भन्दा धेरै कान्छो पनि होइन ४/ ५ वर्ष कान्छोसँग विवाह गर्ने बताइन् उनले आफ्नो सोच आफु भन्दा कम उमेरकोसँग मिल्ने भएकाले कम उमेरकैसँग विवाह गर्ने बताइन् उनले समाजको लागि विवाह परिवर्तन गर्न लागेको बताइन् । उनले जात-भात, धनी-गरिब केही पनि नछुटाउने र आफूसँग मन मिल्यो भने विवाह आफु भन्दा कम उमेरकोसँग गर्न तयार रहेकी समेत बताइन् । उनले भनिन्, ‘ आफु भन्दा परिपक्व र धनीसँग विवाह गरे भने डोमिनेन्ट भइन्छ । अब अरूको कपडा धुन, काम गर्न जान सक्दिन ।’

बुटिक सञ्चालन गर्दै आएकी मिना पछिल्लो समय गीत संगीतको क्षेत्रमा समेत सक्रिय रहेकी छिन् । उनले हालै तीज विशेष गीत बजारमा ल्याएकी थिइन् र अन्य दुईवाटा गीत पनि बजारमा आइसकेको छ । गीतमा उनलाई माया गर्ने र गाली गर्नेको जमात बराबरि नै छ भन्दा फरक नपर्ला ।मिनाले लेखन पनि शुरु गरेको बताएकी छिन् । उनीद्वारा लिखित पहिलो किताब दशैँ र तिहारको बिचमा विमोचन हुने समेत बताएकी छिन् । उनले एउटा फिल्म बनाउने समेत बताइन् । सामाजिक सञ्जालमा कमेन्टहरू धेरै आए पनि उनले त्यो कमेन्टहरू पढेर समय बर्बाद नगर्ने बताइन् ।

          August 24, 2018 2:02 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...