हलमा ‘नाइँ नभन्नू ल ५’ र ‘रेनी’ !
काठमाडौँ । हलमा आजबाट २ नेपाली चलचित्र लागेका छन् चलचित्र ‘नाईनभन्नुल ५’ र चलचित्र ‘रेनी’ प्रदर्शनमा आएका छन् ।
गीतसंगीत र ट्रेलरका कारण रिलिज अगावै दर्शकमाझ प्रतिक्षीत बनेको ‘नाइँ नभन्नू ल–५’ लाई भेट्रोन निर्देशक विकासराज आचार्यले निर्देशन गरेका हुन् । निर्माण पनि उनकै हो । यस सिरिजमा चर्चित कलाकारहरुको अभिनय छ ।बाल कलाकार अनुभव रेग्मी र अभिनेत्री प्रियंका कार्कीको चौथो पटकको निरन्तरतासँगै निरुता सिंह, दीलिप रायमाझी, केकी अधिकारी, स्वस्तिमा खड्कालगायत केही कलाकार पहिलो पटक यो चर्चित फ्रेन्चाइजको सदस्य बनेका छन् ।
‘नाइँ नभन्नू ल–५’ बाट यसपटक बाल कलाकारमा सेड्रिना शर्मा र नव(नायकमा अभिषेक नेपालले डेब्यू गरेका छन् ।फिल्ममा यसपाली इलाम र झापालाई कथाको पृष्ठिभूमि बनाइएको छ । वान टाइम सिनेमाको ब्यानरमा बनेको फिल्मको निर्मातामा हरिबोल भण्डारी र गौरी जोशी छन् भने कार्यकारी निर्मातामा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र विष्णुमणी दाहाल रहेका छन् ।बाल कलाकार अनुभव रेग्मी, इमोसनल स्टोरी अनि मीठो संगीत ुनाईँ नभन्नू लु शृंखलाका विशेषता रहँदै आएका छन् । पाँचौं शृंखलामा पनि ती तीन कुरा नछुटेको निर्देशक आचार्य बताउँछन् । उनका अनुसार, सदा झैं ‘नाईं नभन्नू ल ५’ पनि फेमिली ड्रामा फिल्म हो ।
उक्त फिल्मलाई निर्देशक आचार्य र सामीप्यराज तिमल्सेनाले मिलेर लेखेका हुन् भने छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् । बसन्त सापकोटाको संगीत रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।यस्तै, लभस्टोरी जनराको फिल्म ‘रेनी’ लाई गिरिश रिजालले निर्देशन गरेका हुन् । बिमला मल्ल र संजीव मल्लले निर्माण गरेको यस फिल्ममा सरोज खनाल, सनम मल्ल, दीपक ढकाल, सुरवीर पण्डित, रमेश लम्साललगायतका कलाकारले अभिनय गरेका छन् ।
August 24, 2018 2:24 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :