डिसी नेपालका गल्फ प्रतिनिधिहरुको भेला युएईको दुबईमा सम्पन्न
दुबई । डिसी नेपालका गल्फ प्रतिनिधिहरुको ऐतिहासिक पहिलो भेला युएईको दुबईमा सम्पन्न भएको छ। भेलामा कतार, कुबेत, साउदी अरेबिया, ओमन, बहराइन र युएईलगायता गल्फका ६ वटा देश बाट ८ जना प्रतिनिधिहरुको सहभागीता रहेको थियो। भेला वर दुबई स्थित लुम्बिनी गेस्टहाउसमा २२ देखि २४ सम्म चलेको थियो।डिसि नेपालका प्रमुख कार्यकारी निर्देशक साजित पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको सम्मेलनमा डिसी नेपाल गल्फका भावी योजनाका बारेमा बृहत छलफल गरिएको थियो।
आगामी दिनहरुमा डिसी नेपाल गल्फलाई कसरी प्रभावकारी रुपमा अगाडि बढाउने भन्ने बारे भावी कार्ययोजनाका विषयमा सामूहिक बहस चलेको थियो। भेलामा कुवेतबाट माधव शाही, कतारबाट महेश कुमार कार्की, साउदीबाट तेज बहादुर थापा, शुक्र मोक्तान, ओमनबाट बिनेश खनाल, ऋषि वाग्ले र युएईबाट लोकेन्द्र बहादुर बम सहभागी बनेका थिए।भेलामा डिसी नेपालले खाडीमा अब नयाँ साईट संचालन गर्ने निर्णय गरेको छ। लाखौंको संख्यामा नेपाली कार्यरत रहेको खाडी क्षेत्रका गतिविधिहरुलाई सुक्ष्म तरिकाले समेट्ने अभिप्रायका साथ नयाँ साईट संचालन गर्ने निर्णय गरिएको हो। अब खाडिका सवै गतिविधि www.dcnepalgulf.com मार्फत प्रकाशित हुनेछन्।
डिसि नेपाल गल्फ वारे वृस्तित जानकारी !
www.dcnepalgulf.com
कार्यालय – थापा गाउँ बानेश्वर काठमाडौ
०९७७-०१४४८९४३०
ईमेल[email protected]
सयोंजक- बिनेश खनाल
प्रतिनिधिहरु:-
साउदी अरव- तेज थापा/शुक्र मोक्तान
कतार- महेश कुमार कार्की
युएई- लोकेन्द्र बहादुर बम/गुरु प्रसाद रेग्मि
कुवेत-माधव शाही/ मनोज थापा
ओमन- ऋषि वाग्ले
बहराईन- अरुण क्षेत्री/ सुबास राई
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै