Tuesday 31st March 2026

१६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनको मध्यपूर्व क्षेत्रिय सम्मेलन दुबईमा सम्पन्न

8 years अगाडी

दुबई । वैदेशिक रोजगारलाई सुरक्षीत र व्यवस्थित बनाउन १६ बुँदे घोषणापत्र जारी गर्दै गैरआवासीय नेपाली संघको मध्यपूर्व क्षेत्रिय सम्मेलन दुबईमा सम्पन्न भएको छ।सम्मेलनमा नेपालबाट प्रमुख अथितिका रुपमा सिचाइँ तथा खानेपानी मन्त्री विना मगर, विशिष्ट अतिथिका रुपमा पूर्व श्रममन्त्री रमेश लेखक आएका थिए।अगस्ट २३–२५ तारिख अर्थात २ दिनसम्म चलेको यो सम्मेलनले वैदेशिक रोजगारलाई सुरक्षीत, व्यवस्थित र मर्यादित बनाउनका लागि १६ बँदे घोषणा पत्र जारी गरेको छ। सरकारले लागु गरेको शुन्य लागतमा कामदारलाई विदेश पठाउने नीतिलाई कार्यान्वयनमा ल्याउनका लागि सम्बन्धित मुलुकसँग यथाशिघ्र श्रम सम्झौता गर्न घोषणापत्रमा उल्लेख गरिएको छ।

सम्मेलनमा युएईका लागि कार्यबाहक राजदूत सागर फुयाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि विपिन आचार्य अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष भबन भट्ट, संस्थापक अध्यक्ष डा. उपेन्द्र महत्तो, अध्यक्ष पुर्व अध्यक्ष जीवा लामिछाने, अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरु, राष्ट्रिय समन्वय परिषदका प्रतिनिधि लगायतसहभागी बनेका थिए। यस्तो छ वैदेशिक रोजगारलाई सुरक्षीत, व्यवस्थित र मर्यादित बनाउन सम्मेलनले जारी गरेको १६ बुँदे घोषणापत्र

१.नेपाल सरकारले लागु गरेको शुन्य लागतमा कामदारलाई बैदेशीक रोजगारमा पठाउने नीतिलाई प्रभावकारी रुपमा कार्यन्वयनका लागि सम्बन्धित मुलुकसंग यथाशिघ्र श्रम सम्झौता गर्न आग्रह गर्ने । साथै, नेपाली कामदारलाई दक्ष बनाई र गन्तब्य देशबारे आबश्यक अभिमुखीकरण तालिम दिएर मात्रै पठाउने ब्यबस्था मिलाउन अनुरोध गर्ने ।

२.वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई ठगीबाट जोगाउनका लागि नेपाली दूतावासबाटै मागपत्र प्रमाणीकरण गर्नुपर्छ भन्ने एनआरएनको मागलाई सरकारले सम्बोधन गरेकोमा स्वागत गर्दै यसलाई प्रभाबकारी र छिटो कार्यसम्पादन गर्नका लागि आधुनिक प्रविधि प्रयोग गरी कागजात विहिन प्रणालीद्धारा कार्यन्वयन गर्न आग्रह गर्ने ।

३. नेपाली कामदारलाई नेपाली दूतावासबाटै पुनः श्रम स्वीकृति दिने ब्यबस्था यथासिघ्र कार्यान्वयनमा ल्याउनको लागि पराराष्ट र श्रम रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयलाई अनुरोध गर्ने ।

४ं. विदामा घर गएका खाडी क्षेत्रमा कार्यरत घरेलु कामदारलाई विशेष गरी महिला कामदार सोही रोजगारदाताकोमा काम गर्न चाहेमा अभिलेखीकरण गरी श्रम स्वीकृति दिन सरकारसंग आग्रह गर्ने ।

व्ैदेशिक रोजगारबाट फर्किएका महिलाहरुलाई देशमै पुर्नस्थापनाको लागि प्रशिक्षण तथा रोजगारीको कार्यक्रम देशव्यापी रुपमा सञ्चालन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने । एक हजारभन्दा बढी महिलाहरु कार्यरत देशमा आवश्यकता अनुसार संंरक्षण गृह बनाउन नेपाल सरकारलाई आग्रह गर्ने ।

५. गैरआवासीय नेपाली संघले बिगतदेखि उठाउँदै आएको हजारे अभियान अर्थात् बैदेशिक रोजगारमा जाने नेपाली कामदारकोसामाजिक सुरक्षाको ग्यारेन्टीको लागि आवश्यक ब्यबस्था गर्न नेपाल सरकारसग जोडदार माग गर्दछ ।

६.नेपाली भाषा,कला,साहित्य र संस्कृतिको संरक्षण,संम्बर्धन एवं प्रर्वधनका लागी हरेक देशमा एनआरएनले सञ्चालन गर्ने गरी नेपाली दूतावासको संरक्षकत्वमा रहने नेपाली सांस्कृतिक केन्द्र स्थापना गर्न सरकारलाई पनः आग्रह गर्ने ।

७. एनआरएनको राष्टिय समन्वय परिषदलाई विधिवत रुपमा सम्बन्धीत राष्टमा दर्ता गराउन परराष्ट्र मन्त्रालयसँग समन्वय गरी आबश्यक सिफारीस प्रदान गर्न अन्तर्राष्टिय समन्वय परिषदलाई आग्रह गर्ने।

८. वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित गर्न परराष्ट, श्रम र गृह मन्त्रालयवीच समन्वय प्रभावकारी वनाउन एकीकृत विद्युतीय सुचना प्रणाली लागु गर्न अनुरोध गर्ने । वैदेशिक रोजगारीबाट फर्केका कामदारको दक्षता सहितको अभिलेख राख्न अनुरोध गर्ने ।

९.वैदेशिक रोजगारीको नाममा वैदेशिक रोजगार ऐन विपरीत भिजिट भिसा र कथित आजाद भिसाको नाममा कारोवार गर्ने र कामदारलाई अलपत्र बनाउने संलग्न कम्पनी वा ब्यक्तिलाई सम्बन्धीत कानुन बमोजिम कारबाही गर्न आग्रह गर्ने ।

१०. बिदेशमा रहेका नेपाली नागरिकहरुलाई मताधिकार दिन सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गर्न सरकारलाई अनुरोध गर्ने ।

११. युएईको दुवई, लेवनान र इराकमा महाबाणिज्य दूतको कार्यालय तथा कानुनत पाँच हजार नेपाली कामदार रहेको देशमा श्रम सहचारी स्थापनाको लागि नेपाल सरकारलाई अनुरोध गर्ने ।

१२. नेपाली दुतावासमा कानुनी सेवा प्रदान गर्ने गरी आवश्यक्ता अनुसारको वकिलको यथाशिघ्र व्यवस्था गर्नु पर्ने । जेलमा रहेका कामदारको यथासिघ्र कानुनी प्रतिरक्षा गर्नुको साथै कोमामा रहेका नेपाली कामदारलाई स्वदेशमा ल्याई उचित स्वास्थ्य उपचारकोे प्रबन्ध मिलाउन अनुरोध गर्ने ।

१३. वैदेशिक रोजगारीबाट फर्केका नेपाली कामदारको सीप र दक्षता परिक्षण गरी १० लाख रुपैयाँ ऋण दिने सरकारको नीतिलाई प्रभाबकारी कार्यान्वयन गर्न सरकारलाई अनुरोध गर्ने । नेपाली कामदारलाई परिवारसग एकिकरण गर्न स्वदेशमै उद्यमशीलता गर्न एनआरएनले प्रोत्साहन गर्ने ।

१४. गैरआवासीय नेपालीको परिभाषा भित्र पर्नको लागि दुई बर्ष विदेशमा बस्नुपर्ने वर्तमान प्राबधानलाई सुधार गरी अन्तर्राष्टिय प्रचलन अनुसार एक आर्थिक बर्षमा १८२ दिन भन्दा बढी विदेशमा बसेको हुनुपर्ने व्यवस्था मिलाउन अनुरोध गर्ने। साथै, गैरआवासीय नेपाली अभियानमा सक्रियरुपमा संलग्न भई नेपाल फर्केका इच्छुक अभियन्ताहरुलाई गैरआवासीय नेपाली संघको क्रियाकलापमा संलग्न गराउन अन्तर्राष्टिय समन्वय परिषदलाई आग्रह गर्ने।

१५. मध्यपूर्वका पर्यटकको लागि नेपाललाई आकर्षण गन्तव्य बनाउन एनआरएनले पर्यटन मन्त्रालयसग सहकार्य गर्ने।

१६.. गैरआवासीय नेपाली संघको मध्यपूर्व क्षेत्रीय बैठकहरुले उठाउँदै आएका, घोषणा गरेका मुद्दालाई कार्यान्वयन गर्नको लागि क्षेत्रीय संयोजकको संयोजक प्रत्येक राष्ट्रिय समन्वय परिषदका अध्यक्ष प्रतिनिधित्व रहने एक समिति गठन गर्ने।

          August 25, 2018 4:18 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...