Sunday 21st December 2025

सलमान र कट्रिनाको जोडी फेरी जम्दै, सलमानले ट्वीटरबाट गरे कट्रिनाको बयान

7 years अगाडी

बलीउडमा अहिले अभिनेता सलमान खानको ट्विटको चर्चा खुब चलिरहेको छ । सलमानले आफ्नो पुर्व प्रेमिका कटरिना कैफको बारेमा गरेको ट्विटले चर्चा पाएको हो । ‘एक सुन्दर र सुशील केटी जसको नाम कट्रिना केफ हो ।’ सलमान खानले सोमबार राति ट्वीटरमा लेखेका छन्, ‘तपाईँलाई भारतको जीन्दगीमा स्वागत छ ।’

फिल्म ‘भारत’ मा सलमान खान, कट्रिना कैफबाहेक दिशा पटानी, तब्बू र सुनील ग्रोवर मुख्य भूमिकामा देखिनेछन् । अभिनेत्री दिशा पटानी यस फिल्ममा सलमान खानकी बहिनीको भूमिका निर्वाह गर्दैैछिन् । सलमान र कट्रिना पाँचवटा भिन्दा भिन्दै लुकमा देखिँदैछन् ।

सलमान र कट्रिनाको जोडी बलीउडमा सुपरहिट जोडी हो । यी दुईजनाको जोडी बक्सअफिसमा खुब जमेको थियो । सलमानको ट्वीटलाई उनी र कट्रिनाबीचको प्रेम सम्बन्धलाई जोडेर हेरिँदैछ । यस कुराको प्रमाण फिल्म ‘टाइगर जिन्दा हे’ लाई लिन सकिन्छ । जुन फिल्मले बक्स अफिसमा करोडौंको व्यापार गरेका थियो ।

          August 25, 2018 4:36 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...