ज्योतिष शास्त्र अनुसार थाहा पाउनुहोस राती वा दिउसो जन्मिएको व्यक्तिको स्वभाव र भविष्य !
जन्म समयको आधारमा ज्योतिषको मद्दतले कुनै पनि व्यक्तिको भविष्य र स्वभावको जानकारी पाउन सकिन्छ । राती जन्मेका र दिउँसो जन्मेका मानिसहरुबीच निकै भिन्नता हुन्छ । ज्योतिषाचार्य पं. मनिष शर्माका अनुसार राती जन्मेका मानिसहरु धेरै जोखिम मोल्छन् भने दिउँसो जन्मेकाहरु काम प्रति धेरै इमान्दार रहन्छन् । ज्योतिष शास्त्र अनुसार थाहा पाउनुस् दिउँसो र राती जन्मेका मानिसहरुको स्वभाव कस्तो हुन्छ ।
दिउँसो जन्मेका मानिसहरुको स्वभावः
– दिउँसो जन्मेका भन्दा राती जन्मेका मानिसहरु साहसी हुन्छन् ।
– स्वास्थ्यको मामलामा दिउँसो जन्मेका मानिसहरु भाग्यमानी हुन्छन् । उनीहरुको स्वास्थ्य निकै राम्रो हुन्छ ।
– राती जन्मेका मानिसहरु थोरै अल्छी हुन्छन् तर दिउँसो जन्मेकाहरुले कुनै पनि काममा अल्छी हुँदैनन् । प्रत्येक काम इमान्दारीपूर्वक गर्न रुचाउँछन् ।
– यी व्यक्तिहरु भावुक हुन्छन्, अरुको समस्या देख्न सक्दैनन् र मद्दतका लागि सधैं तत्पर रहन्छन् ।
– उनीहरु भगवानप्रति पूर्ण विश्वास राख्छन् र उनीहरुको स्वभाव धर्मबाट प्रभावित हुन्छ ।
– उनीहरु शान्तीपूर्वक काम गर्न रुचाउँछन् ।
– राती जन्मेका भन्दा दिउँसो जन्मेकाहरुलाई कम रिस उठ्छ । उनीहरुको रिस चाँडै नै कम हुन्छ पनि ।
– घर परिवार र समाजमा उनीहरुले मान–सम्मान पाउँछन् ।
– आफ्नो कर्मसहित कहिलेकाँही भाग्यमा पनि उनीहरु विश्वास गर्छन् ।
– जीवनसाथीप्रति इमान्दार रहन्छन् र सबैको सुखलाई ध्यानमा राख्छन् ।
August 25, 2018 4:49 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :