कुवेतमा अर्का एक नेपाली युवाले ज्यान गुमाए
8 years अगाडी
coderpradip
कमल सिंह, कुवेत – कुवेतमा एक युवाको सवारी दुर्घटनामा परी ज्यान गएको छ। बुटवल १५ बेलाबासका ३१ बर्षिय टुक बहादुर रायमाझीको कुवेतको जिलिब स्थित बाटोमा हिडिरहेका बेला कारले ठक्कर दिएर दुर्घटना भएको बुझिएको छ।
कार्गो टास्पोर्ट कम्पनीमा कार्यरत रायमाझीको १४ अगस्ट मंगलबार राती ज्यान गएको हो। उनको शव फर्वानिया अस्पतालमा राखिएको छ।
राहादानी नम्बर ०९३१३२५९ का टुक बहादुर रायमाझी सडक दुर्घटनामा परी मृत्यु भएको पुष्टि गर्दै नेपाली राजदुत कुवेतका प्रथम सचीव भोगेन्द्र लिङ्देनले हिमाली संचारसग कुराकानी गर्दै भने – उनको शव नेपाल पठाउन र क्षतिपूर्तिका लागि सम्बन्धित निकाय र कम्पनीसग समन्वय भईरहेको बताए।
कुवेत लगाएत खाडीमा ज्यान गुमाउने नेपाली कामदारको संख्या दिनप्रतिदिन ह्वात्तै बढेको छ। अगस्ट महिनामा मात्रै कुवेतमा ५ जना नेपाली कामदारको मृत्यु भएको छ।
August 26, 2018 7:09 am | प्रवास,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
Loading...