Tuesday 31st March 2026

लहानमा छोराको कुटपिटबाट बाबुको मृत्यु

8 years अगाडी

लहान, १० भदौ । आफ्नै छोराको कुटपिटबाट गम्भीर घाइते सिरहाको लहान नगरपालिका–१८ मनर्वाका एक जनाको मृत्यु भएको छ ।घरायसी विवादमा २५ वर्षीय छोरा सञ्जय सदायको कुटपिटबाट गम्भीर घाइते भएका ४५ वर्षीय बुबा उमेश सदायको उपचारको क्रममा शनिबार साँझ विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

छोराको कुटपिटबाट गम्भीर घाइते भएका सदायको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा भर्ना गरिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर भर्ना गरिएको थियो । उपचारका क्रममा शनिबार उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । बाबुलाई कुटपिट गर्ने सञ्जयलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

          August 26, 2018 10:29 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...