दोलखामा ८२ वर्षे वृद्धले दिए ७६ वर्षीया पत्नीसँग सम्बन्धविच्छेद मुद्दा
दोलखा, भदौ । पाँच वर्षदेखि बोलचाल नभएका कारण ८२ वर्षीय एक वृद्धले आफ्नी ७६ वर्षीया श्रीमतीसँग सम्बन्धविच्छेद गरीपाउँ भनि निवेदन दर्ता गराएका छन् ।विगत एकदशकदेखि अलग्गिएर बसेका उनीहरु सम्बन्धविच्छेद गर्न नयाँ कानुन देवानी (संहिता) ले पुरुषलाई पनि अदालती ढोका खुलेपछि आफूले उक्त कदम उठाएको वृद्धले बताएका छन् ।
ती वृद्धाले भने, ‘सँगै बसेर पनि सम्बन्ध राम्रो छैन, बोलचाल छैन भने किन सँगै बस्नु, बरु छुट्टिएर बस्नु निको, मैले नयाँ ऐन कुरेर बसेको थिएँ त्यै भएर निवेदन हाले’ दोलखा जिल्ला अदालत परिसर ती वृद्धले ८२ वर्षको उमेर आएर आफ्नो इच्छा पूरा भएको बताएका छन् ।यही भदौ १ गतेदेखि लागू भएको नयाँ ऐनअनुसार श्रीमती पीडित श्रीमानले पनि अदालतको ढोका ढकढक्याउने पाउने अधिकार प्रयोग गर्दै अहिलेसम्म ९ वटा सम्बन्धविच्छेदका घटना दर्ता भइसकेका छन् । यो साता मात्रै चार जना पुरुषले जिल्ला अदालतमा सम्बन्धविच्छेदको निवेदन दिएका छन् ।
August 26, 2018 11:06 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै