भक्तपुरका जुवाखालबाट १७ जना पक्राउ
१० भदौ, भक्तपुर – भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकाबाट १७ जना जुवाडे पक्राउ परेका छन् । भक्तपुर नगरपालिका–९ मालपोत कार्यालय नजिकै निर्माणाधीन एकतले भवनको भुर्इँतलामा जुवा तास खेलिरहेका ६ जना र सूर्यविनायक नगरपालिका–८ स्थित एक घरबाट ११ जनालाई पक्राउ गरिएको भक्तपुर प्रहरीले जनाएको छ ।
भक्तपुरबाट पक्राउ पर्नेमा काभ्रे बनेपा नगरपालिका–१ का ५७ वर्षीय अर्जुन दुवाल, काभ्रे तिमाल गाउँपालिका–३ का ३५ वर्षीय चित्रबहादुर तामाङ, चाँगुनारायण नगरपालिका–८ सुडालका ५५ वर्षीय बलदेव घोरासैनी, भक्तपुर चाँगुनारायण नगरपालिका–९ ताथलीका ६० वर्षीय हरिबहादुर थापा, सोही ठाउँका ४१ वर्षीय रवीन्द्र शाखकर्मी र ४१ वर्षीय केदार शाखकर्मी रहेका छन् ।
प्रहरीले उक्त जुवाखालबाट नगद ८६ हजार ७२० र ९ वटा तासको थानसमेत बरामद गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।
त्यसैगरी प्रहरीले सूर्यविनायक नगरपालिका–८ स्थित एक घरबाट पक्राउ पर्नेमा घरबेटी भक्तपुर नगरपालिका–१ सल्लाघारी बस्ने ४५ वर्षीय विष्णु स्वानेपा, काभ्रे रोसी–९ बस्ने ४५ वर्षीय भोज तामाङ, सोही ठाउँका २३ वर्षीय निशान लामा, ३७ वर्षीय सूर्य लामा छन् ।
यसैगरी ३३ वर्षीय ईन्द्र लामा, २६ वर्षीय आक्रोश तामाङ, काभ्रे नमोबुद्ध–९ बस्ने ३४ वर्षीय अमृत लामा, रामेछाप सुनपानी–४ बस्ने ३० वर्षीय नरभान तामाङ, काभ्रे मङ्गलटार–९ बस्ने ३९ वर्षीय अनिश लामा, काभ्रे तिमाल–७ बस्ने २७ वर्षीय योगेन्द्र लामा र सूर्यविनायक–८ बस्ने ३३ वर्षीय विशाल तामाङ पनि पक्राउ परेका छन् ।
उक्त जुवाखालबाट नगद ८४ हजार ९२५ सहित २१ थान तास बरामद गरेको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए । (
August 26, 2018 12:19 pm | समाचार,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :