प्रेममा परेकै हुन् जान्भी र ईशान ?
स्वर्गीय बलिउड अभिनेत्री श्रीदेवीकी छोरी जान्भी कपुरले फिल्म ‘धडक’ बाट बलिउडमा इन्ट्री गरिसकेकी छन् । पहिलो फिल्मबाटै उनले सफलताको स्वाद चाखिन् ।‘धडक’ मा जान्भीले शाहिद कपुरका भाई पर्ने ईशान खट्टरसँग स्क्रिन सेयर गरेकी थिइन् । उनीहरुको जोडीलाई मन पराइएको थियो । उनै ईशानसँग जान्भी अहिले अफस्क्रिन रोमान्समा लिप्त रहेको गाईंगुईं चल्न थालेको छ । उनीहरु धेरैपटक एकसाथ भेटिएका छन् ।
‘धडक’ को सुटिङका क्रममा जान्भी र ईशानबीच बलियो अफस्क्रिन कमेस्ट्री बनेको थियो । फिल्मको सक्सेस पार्टीका क्रममा उनीहरु एक आपसमा निकै घनिष्ठ देखिए । कसैसँग धक नमानिकन उनीहरुले एक-अर्काको अंगालोमा फोटो खिचाएका थिए । त्यसपछि उनीहरु रेस्टुरेन्ट र मुभी डेटमा भेटिए । अहिले त उनीहरु एक-अर्काको घरमै मजाले आउजाउ गर्छन् ।
केही दिनअघि शाहिद कपुरकी पत्नी मिराको ‘बेबी शोअर’ का अवसरमा जान्भी पनि पुगेकी थिइन् । यसैगरी ईशान पनि जान्भीको घरमा पटक-पटक आइसकेका छन् । खबरअनुसार जान्भीका बुवा बोनी कपुरलाई उनीहरुको घनिष्ठतामा आपत्ति छैन । उनको गि्रन सिग्नलमा नै जान्भी र ईशानको प्रेम अगाडि बढेको चर्चा छ ।
August 26, 2018 1:24 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले