प्रेममा परेकै हुन् जान्भी र ईशान ?
स्वर्गीय बलिउड अभिनेत्री श्रीदेवीकी छोरी जान्भी कपुरले फिल्म ‘धडक’ बाट बलिउडमा इन्ट्री गरिसकेकी छन् । पहिलो फिल्मबाटै उनले सफलताको स्वाद चाखिन् ।‘धडक’ मा जान्भीले शाहिद कपुरका भाई पर्ने ईशान खट्टरसँग स्क्रिन सेयर गरेकी थिइन् । उनीहरुको जोडीलाई मन पराइएको थियो । उनै ईशानसँग जान्भी अहिले अफस्क्रिन रोमान्समा लिप्त रहेको गाईंगुईं चल्न थालेको छ । उनीहरु धेरैपटक एकसाथ भेटिएका छन् ।
‘धडक’ को सुटिङका क्रममा जान्भी र ईशानबीच बलियो अफस्क्रिन कमेस्ट्री बनेको थियो । फिल्मको सक्सेस पार्टीका क्रममा उनीहरु एक आपसमा निकै घनिष्ठ देखिए । कसैसँग धक नमानिकन उनीहरुले एक-अर्काको अंगालोमा फोटो खिचाएका थिए । त्यसपछि उनीहरु रेस्टुरेन्ट र मुभी डेटमा भेटिए । अहिले त उनीहरु एक-अर्काको घरमै मजाले आउजाउ गर्छन् ।
केही दिनअघि शाहिद कपुरकी पत्नी मिराको ‘बेबी शोअर’ का अवसरमा जान्भी पनि पुगेकी थिइन् । यसैगरी ईशान पनि जान्भीको घरमा पटक-पटक आइसकेका छन् । खबरअनुसार जान्भीका बुवा बोनी कपुरलाई उनीहरुको घनिष्ठतामा आपत्ति छैन । उनको गि्रन सिग्नलमा नै जान्भी र ईशानको प्रेम अगाडि बढेको चर्चा छ ।
August 26, 2018 1:24 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :