Tuesday 31st March 2026

सरकारमाथि खनिए विपक्षी दलका नेता देउवा

8 years अगाडी

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको चर्को आलोचना गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै सभापति देउवाले महिला र बालबालिकामाथि हत्या, हिंसा, बलात्कारलगायतका घटना बढिरहँदा पनि राज्य निरिह देखिएकोमा आपत्ति जनाउँदै सरकारको चर्को आलोचना गरेका हुन्।प्रमुख प्रतिपक्ष दलका नेता समेत रहनु भएका उहाँले बलात्कारसहितका जघन्य अपराधबाट मुक्तिका लागि न्याय माग्न जाँदा राज्यले उल्टै गोली हानेर मार्ने काम गरेको भन्दै सरकारको सो कार्यको कडा शब्दमा निन्दा र भत्सर्ना पनि गरे।

कञ्चनपुरमा किशोरी निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न माग गर्दै भएको हिंसात्मक घटनामा प्रहरीले गोली चलाउँदा एक जना बालकको ज्यान गएको थियो। राज्य पक्षबाटै बालकको ज्यान लिने काम भएकोमा सभापति देउवाको रोष छ। सभापति देउवाले न्यायको खोजीमा गएका पीडितलाई नै ज्यान लिने यो कस्तो कानुनी राज्य हो भनि प्रश्न पनि गरे। न्यायपालिकालाई कार्यपालिकाको लाचार छायाँ बनाउन खोजेको पनि सरकारमाथि सभापति देउवाको आरोप छ। उनले न्यायपालिकाको भूमिका खुम्च्याउने कोसिस नगर्न पनि सरकारलाई चेतावनी दिए।

          August 26, 2018 4:11 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...