

प्रथम नेवाः पुचः युएई भलिबल प्रतियोगिता २०१८ सम्पन्न

युएई – प्रथम नेवाः पुचः युएई भलिबल प्रतियोगिता २०१८ सम्पन्न भयको छ ।गत २४ अगष्ट २०१८ का दिन नेवाः पुचः युएईले आफ्नो स्थापनाको १५ औं वर्षको उपलक्ष्यमा प्रथम नेवाः पुचः युएई भलिबल प्रतियोगिताको आयोजना गरेको थियो । युएईमा रहेका १८ वटा भलिबल टिम सम्मिलित उक्त प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको आयोजक आयोजक नेवाः पुचः युएईका महासचिब कुमार बलामी ले जानकारी दिनु भएको छ ।
उक्त कार्यक्रमको सभापतित्व पुचःका अध्यक्ष श्री लक्ष्मण श्रेष्ठले गर्नु भएको थियो भने प्रमुख अतिथिको आसन नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष श्री पासाङ्ग रिन्जी शेर्पाले ग्रहण गर्नु भएको थियो । कार्यक्रममा अतिथिको आसनमा नेपाली समाजका सचिव कृष्ण पौडेलज्यु, तमु समाजबाट अध्यक्ष उषा तमुज्यु, काठमाण्डु ट्राभल्स एण्ड टुर्सका सुर्य गिरी, प्रवासी भुजेल समाजका सचिब सरिन भुजेल,किरात राई यायोक्खा शाखाका वरिष्ठ उपाध्यक्ष बुद्धि मेवाहाङ राई(ओबेक राई)नेपाल आदिवासी जनजाती पत्रकार महासंघ युएई शाखाका कोषाध्यक्ष अन्जली लोप्चन हिमाल रेमिटका रमिल प्रधान रहनु भएको थियो । पुचःका संरक्षक प्रमोद श्रेष्ठ सल्लाहकार तथा एनआरएनए शारजाह क्षेत्रिय अध्यक्ष विरेन्द्र कुमार नकर्मी, मानार्थ सदस्य भिम नारायण श्रेष्ठ तथा मिसाः पुचः अबुधाबीका उपाध्यक्ष मीना श्रेष्ठको पनि उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा युएईका लागी नेपालको तर्फबाट खेलकुद प्रतिनिधी एभरेष्ट मार्शल आर्टसका टेक्निकल डाईरेक्टर एवं एसियन गुजेरियो कराँतेका महासचिब तथा यस पुचःका केन्द्रिय सदस्य तथा यस प्रतियोगिताका उप संयोजक रबि शाहीको नेतृत्वमा मार्शल आर्टसका खेलाडीहरुले अग्रपङतीमा नेपाल र युएईको राष्ट्रीय झण्डा बोकेर १८ वटै टिमले प्रतिनिधित्व गर्दै मार्चपास गरेको थियो भने कुमारी र नेवारी धिमे बाजा र भुस्या सहितको झाँकी पनि रहेको थियो, युएई र नेपालको राष्ट्रिय गान पछि प्रमुख अतिथी श्री पासाङ्ग रिन्जी शेर्पाद्वारा रेफ्रीलाई बल प्रदान गरी खेलको उदघाटन गर्नु भएको थियो ।
नेपाली चुल्हो, अबुधाबी को मुख्य प्रायोजन रहेको यस प्रतियोगिताको अन्य प्रायोजकहरु हिमाल रेमिट, युएई एक्स्चेन्ज, आइएमई ग्लोबल एक्स्चेन्ज, मेडिक्लिनिक, क्युटलूक ब्युटी पार्लर, आइएमई मनि ट्रान्स्फर, शुभयात्रा ट्राभल्स, नाङ्गलो रेष्टुरेन्ट , काठमाण्डु प्यालेस रेष्टुरेन्ट,टकाडो मेक्सिकन किचन, ट्रान्सफास्ट मनि एक्स्चेन्ज, रानी तथा बार्बिकन जुस, ट्राभहिल ट्राभल्स, कान्तिपुर ट्राभल टुरिज्म, वाटिका क्रिम, स्व.क्रिश्टिना भण्डारी कोष समिति रहेको थियो । त्यस्तै व्यक्तिगत रुपमा सहयोग गर्नेहरुमा बल बहादुर गुरुङ्ग, सोम प्रसाद श्रेष्ठ, बिनोद प्रधान, सन्तोष श्रेष्ठ, प्रविण श्रेष्ठ तथा कृष्ण कटुवाल र श्रीमती कल्पना कटुवाल रहनु भएको थियो ।
आयोजकको जानकारी अनुसार प्रतियोगिताको खेल संयोजक हिरा लाल श्रेष्ठ रहनु भएको थियो भने उपसंयोजकमा रवी शाही र राजेश प्रधान रहनु भएको थियो । यसै गरी पुचः को अबुधाबी समितिबाट सुनिल मान श्रेष्ठ, राहुल श्रेष्ठ,राजेश श्रेष्ठ, मनोज कुमार सैंजुको तथा शारजाह समितिबाट मनोज प्रसाद श्रेष्ठ, प्रेम श्रेष्ठको विषेश भूमिका रहेको थियो भने खेल सम्पन्न गर्न पुचः का कोषाध्यक्ष अर्जुन श्रेष्ठ, महिला प्रमुख कामना श्रेष्ठ, सदस्य अनिल जोशी, नविना शाक्य, गोपाल महर्जन, प्रमिला श्रेष्ठ, निश्मा श्रेष्ठ, निरु श्रेष्ठ, न्हुच्छे बहादुर सुवाल श्रेष्ठ, सुभाष श्रेष्ठ, नविन श्रेष्ठ, रिता शाही, सुधीर श्रेष्ठ तथा समीर श्रेष्ठको पनि अथक मिहिनेत रहेको थियो ।
आयोजकका अनुसार सम्पुर्ण खेलाडीहरु,अफिसियलहरु, अतिथीहरु तथा स्वयंसेवकहरु गरी करिब ४०० जनालाई नेपाली खाना को ब्यवस्था गरी निःशुल्क बितरण गरिएको थियो।यो प्रतियोगिता नेपाली समुदाय बिचको हालसम्म युएईमा भएको अन्य भलिबल प्रतियोगिताहरुमा भन्दा अहिले सम्मकै ठुलो धनराशिको नगद पुरस्कार रहेको थियो। प्रतियोगिता नेपाल भलिबल क्लब, अबुधाबिले जितेको थियो भने बाग्लुङ्ग सेवा समाज टिम ए रनर अप बनेको थियो । प्रतियोगितामा प्रथम हुने नेपाल भलिबल क्लबले ३५००.०० दिराम नगदका साथमा पदक, प्रमाणअपत्र तथा ट्रफी उचालेको थियो भने रनर अप बाग्लुङ्ग सेवा समाज टिम ए ले २५००.०० दिराम नगदका साथ ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको थियो । प्रतियोगिताको बेष्ट प्लेयर उपाधी बाग्लुङ्ग सेवा समाजका बेलु थापाले पाउनु भएको थियो भने बेष्ट स्म्यासर नेपाल भलिबल क्लबका झोम थापा र बेष्ट डिफेन्डर नेपाल भलिबल क्लबकै महेन्द्र श्रेष्ठले प्राप्त गर्नु भएको थियो ।
भलिबल प्रतियोगिताको निर्णायक मण्डलमा प्रेम भण्डारी, ईश्वर घमाल, प्रेम शाही, डायमण्ड बस्नेत, अमृत गुरुङ्ग, भीषण गुरुङ्ग, बिष्णु कुमार श्रेष्ठ र सन्तोष गुरुङ्ग रहनु भएको थियो ।बिहान उद्घाटन कार्यक्रममा आयोजकको तर्फबाट केन्द्रीय सदस्य एवं खेलकुद संयोजक हिरालाल श्रेष्ठले स्वागत मन्तब्य प्रस्तुत गरी उपस्थित सम्पुर्णलाई प्रतियोगिता मार्फत राष्ट्रीय खेलको स्तर वृद्धि गर्न यस प्रतियोगिताको आयोजना गरेको र कार्यक्रमको औचित्य बारे प्रकाश पार्दै स्वागत गर्नु भएको थियो । अतिथीहरुको स्वागत ब्याच तथा खादा द्वारा सम्मान कार्य केन्द्रीय महिला सदस्य कामना श्रेष्ठ र नविना शाक्य ले गर्नु भएको थियो भने अन्त मा समापन कार्यक्रम मार्फत महासचिब कुमार बलामी ले सम्पुर्ण सहभागी टिम तथा सहयोगी दाताहरु, नुजल मेनेज्मेन्ट ,मिडिया पार्टनर तथा पत्रकार हरु लगायत स्वयम सेवकहरु,आर्कन सेक्युरिटी कम्पनी र उपस्थित खेलकुद प्रेमी दर्शक वृन्दहरु सबैलाई धन्यबाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु लाई निरन्तरता दिने र सबैको साथ र सहयोग पाई रहने अपेक्षा राख्दै बिजयी टिमका खेलाडीहरुलाई बधाई तथा शुभकामना मन्तब्य सहित सहयोगी सम्पुर्णलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो।सो प्रतियोगिता कार्यक्रमको संचालन पुचःका महासचिव कुमार बलामी र संयोजक हिरालाल श्रेष्ठ द्वारा संयुक्त रुपमा गरिएको थियो ।

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

एन आर एन ए कुवेतको अध्यक्ष पदमा दिल कुमार पाख्रीनको उम्मेदवारी किन?

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

