Monday 30th March 2026

काठमाडौँमा डान्सबारमा काम गर्ने युवतीको रहस्यमय मृत्यु, प्रेमी प्रहरी फन्दामा !

8 years अगाडी

काठमाडौँको एक डान्सबारमा काम गर्ने एक युवतीको आइतबार बेलुका रहस्यमय मृत्यु भएपछि अनुसन्धानका लागि उनका प्रेमी पक्राउ परेका छन् । साँखु घर भई तारकेश्वरको शेषमति डेरा गरी बस्ने २० वर्षीया जेनिशा भन्ने कोपिला श्रेष्ठको रहस्यमय मृत्यु भएको हो । प्रहरीले उनका प्रेमी सागर बन्ने बहादुर कार्कीलाई पक्राउ गरेको जनाएको छ ।

चिउँडोमा चोट देखिएकी श्रेष्ठको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो । महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार युवती सुन्धाराको रोयल ग्यालेन्सी डान्सबारमा काम गर्थिन् । विदेशमा काम गर्ने सागर करिब तीन महिनाअघि सो डान्सबारमा गएका थिए त्यही उनीहरुबीच चिनजान भएको थियो । पहिलो भेटमै उनलाई मोबाइल नम्बर दिएकी थिइन् । त्यसपछि उनीहरुको भेटघाट बाक्लिन थाल्यो, उनीहरु प्रेम सम्बन्धमा जोडिए ।

युवकले प्रहरीले बताए अनुसार आइतबार उनीहरुले ‘छ्याङ’ र माछा खाएका थिए । उनीहरुले यसअघि पनि सँगै भेट्ने र मदिरा खाने गरेका थिए । आइतबार पनि दुवै जना मदिरामा मात्तिएका थिए । ‘म ट्वाइलेट गएको बेला ऊ झुन्डिछ,’ युवकले प्रहरीलाई भनेका छन् ‘सुरुमा त नाटक गरेको जस्तो लाग्यो, त्यतिकै खाटमा बसिरहेँ, पछि डोरी निकालेर उनलाई खाटमा राखेँ, तैपनि नबोलेपछि ट्याक्सी खोजेर अस्पताल लगेको हुँ ।’

अस्पतालमै युवक पक्राउ परेको बालाजु वृत्तका इन्सपेक्टर जीवन निरौलाले बताए । मृतकको चिउँडोमा चोट देखिएपनि हत्या हो कि आत्महत्या हो भन्ने कुरा पोस्टमार्टममा खुल्ने प्रहरीले जनाएको छ । आफूहरुबीच कुनै विवाद नभएको तर युवती मदिरामा धेरै मात्तिएकाले आत्महत्या गरेको हुनसक्ने युवकको भनाइ छ ।

प्रहरीले युवकलाई मंगलबार अदालतमा उपस्थित गराई अनुसन्धान अघि बढाउने तयारी गरेको छ । उनीहरु दुवै जना पहिल्यै नै विवाहित भएको खुलेको छ । युवतीको श्रीमानसँग राम्रो सम्बन्ध नभएको र युवककी श्रीमति वैदेशिक रोजगारीको सिलसिलाका कुवेतमा रहेको अनुसन्धानबाट खुलेको छ ।

          August 28, 2018 12:43 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...