निर्मला पन्त हत्याकाण्ड : बम दिदीबहिनीलाई ६ दिन थुनामा राख्न म्याद थपियो
कञ्चनपुर । कञ्चनपुर भीमदत्त नगरपालिका २ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या अनुसन्धानका क्रममा पक्राउ परेका बबिता बम र रोशनी बमलाई अदालतले थुनामा राख्न ६ दिने म्याद दिएको हो ।जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश प्रकाश कुमार अधिकारीको एकल इजलासले म्याद थपेको हो । शनिबार प्रहरीले उनीहरू दुवैलाई पक्राउ गरेको थियो । गृहकार्य गर्न भन्दै गत साउन १० गते बमको घर गएकी निर्मलाको बलात्कारपछि हत्या भएको थियो ।
प्रहरीले बम दिदीबहिनीलाई पक्राउ नगरी मानशिक अवस्था ठिक नभएको व्यक्तिलाई अभियूक्तका रुपमा उभ्याएपछि स्थानीयले आन्दोलन गरेका थिए ।आन्दोलनका क्रममा अर्का एक जना बालकको पनि प्रहरीको गोली लागि मृत्यु भएको थियो । घटनाले देशव्यापी आन्दोलनका रुप लिने देखेपछि सरकारले तत्कालिन एसपी डिल्लीराज विस्ट, सिडओ र डिएसपीलाई फिर्ता गरी नयाँ टिम पठाएको थियो भने गृहमन्त्रालयका सहसचिबको नेतृत्वमा छानविन समितिसमेत बनाएको छ ।
आन्दोलन चर्केपछि सरकारले तत्कालीन एसपी विस्टलाई निलम्बन गरेको छ भने बम दिदीबहिनीलाईसमेत पक्राउ गरेर घटनाको नयाँ ढंगबाट अनुसन्धान सुरु गरेको छ । छानविन समितिले पनि काम सुरु गरिसकेको छ । स्थानीयहरुले घटनामा एसपीकै छोरा संलग्न रहेको आशंका गरेका छन् । यद्यपी हालसम्म ती यूवालाई भने पक्राउ गरिएको छैन ।
August 28, 2018 1:09 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै