Monday 30th March 2026

सप्तरीको ५ सय घर डुबानमा

8 years अगाडी

राजविराज। गए राति सप्तकोशी नदीमा आएको बाढीले सप्तरीको झण्डै पाँच सय घर डुबानमा परेको छ। कोशी नदीको किनारमा रहेको हनुमाननगर कंकालनी नगरपालिकाको जोगिनियाँदेखि रम्पुरा मलहनियाँ र तिलाठी कोइलाडी गाउँपालिकाका–३ र ४ का अधिकांश बस्ती डुबानमा परेको इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी नायब निरीक्षक चन्द्रसागर केरुङले जानकारी दिए। अहिले उनीहरुको उद्धार गरी भारदह–कुनोली सडक खण्डमा बसाइएको छ।

बाढीले झण्डै तीन सय बिघामा लगाइएको धान खेती डुबाएको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले बताए। कोशी बाँधभन्दा तल रहेको नगरपालिका कार्यालय पूर्व, पश्चिम र दक्षिणमा रहेका बस्ती डुबानमा परेका छन्। बाढीले हनुमाननगर कंकालिनी नगरपालिकाको कार्यालय र लिलजा ठाकुर प्राथमिक विद्यालयसमेत डुबानमा परेको छ। सोमबार साँझ सप्तकोशीको पानीको बहाव प्रतिसेकेन्ड एक लाख ८० हजार क्यूसेक रहेको थियो। बाढी प्रभावित परिवारको सामान नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले सुरक्षित स्थानमा लैजान थालेका छन्। हनुमानगर कंकालनी नगरपालिकाले बाढीपीडितलाई त्रिपाल वितरण गर्न थालेको छ।

          August 28, 2018 1:29 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...