प्रेस र न्यायालयमाथि नियन्त्रण गरेर शासन चलाउने प्रयास नगर्न सरकारलाई चेतावनी
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रेस र न्यायपालिकामाथि नियन्त्रण गरेर शासन चलाउने प्रयास नगर्न सरकारलाई चेतावनी दिएको छ। मंगलबार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले प्रेस स्वतन्त्रता र स्वतन्त्र न्यायपालिका बिना हुकुमी शासन चलाउने कल्पना नगर्न सरकारलाई सचेत गराएका हुन्। कानुनको शासनबाट मुलुक चलाउनका लागि स्वतन्त्र प्रेस र स्वतन्त्र न्यायापालिका हुनु जरुरी रहेको भन्दै उनले हुकर्मी शैलीमा मुलुकको शासन प्रणाली संचालन हुन नसक्ने चेतावनी दिए।
उनले ७ सय ६१ वटा सरकारलाई हुकुमी शासनको शैली र तजबीचको आधारमा चलाउन खोजिए संघीयता नै असफल हुने दाबी गरे। उनले कानुनको सही पालना गरी कानुनका आधारमा अघि बढ्न पनि उहाँले सरकारलाई सचेत गराए। हालै सामाजिक संञ्जालमा प्रधानमन्त्रीको अनुहारलाई विरुप बनाएर केही टांसेर छापिएको र त्यसलाई शेयर गरेका कारणले केही व्यक्ति साइबर क्राइममा पक्राउ गर्ने काम भएको भन्दै अपराध र सामान्य व्यङग्यलाई छुट्याउन सरकारको ध्यानाकर्षण गराए। उनले सार्वजनिक पदाधिकारीहरुको व्यङग्य हुने भन्दै कुन स्थानसम्म व्यङग्य र कुन स्थानसम्म अपराध भन्ने कुराको ठहर गरिनुपर्ने बताए।
प्रेसले हाम्रा विरुद्धमा धेरै कानुन कसि कसाउ भएर आउँदै छन् भनिरहेका बेला भएको यस्तो कामले प्रेस आत्तिएको भन्दै उनले प्रेसलाई संकुचन र न्यायलयलाई नियन्त्रणमा राखेर शासन चल्न नसक्ने बताए। प्रधानमन्त्रीले सम्पादकहरुलाई बोलाएर निरासाका कुरा नलेख्दिन गरेको आग्रहप्रति उनले तिखो टिप्पणी गरे। उनले भने, ‘पत्रकारले निरासाको स्थिति श्रृजना गराएको हो? ६ महिनामा यति त प्रधानमन्त्रीलाई रियलाइज भएछ। कि निरासा देशमा बढ्दै छ। निरासालाई आशामा बदल्ने काम प्रधानमन्त्रीको हो कि प्रेसको हो?’
उनले विप्लब समूहका खड्गबहादुर विश्वकर्मालाई पटक पटक नियन्त्रणमा लिनु, अयोग्य लडाकुलाई बाहिर जानबाट रोक्नु तथा कंचनपुरको हालैको घटनाले मुलुकको मानवअधिकारको स्थिति उजागर गरेको र त्यसले जनतामा निराशा बढाईरहेको दाबी गरे। विप्लब समूहका खड्गबहादुर विश्वकर्मालाई सर्वोच्चले छोड्ने निर्देशन दिएपिच्छे प्रहरीले गिरफ्तार गर्ने गरेको भन्दै उनले भने, ‘सर्वोच्च अदालतले दुई दुई पटक रिहाई गर्यो । सर्वोच्च छोड्दै जान्छ, सरकार थुन्दै जान्छ। यही हो सरकारले मानवअधिकारप्रति आशा प्रकट गर्ने काम गरेको?’
अयोग्य लडाकु लेनिन बिष्ट बैङकक जाने क्रममा एअरपोर्टबाट फर्काउँदा संसार भर नेपालको एउटा नागरिकले बाहिर गएर बोल्नको लागि सरकारको अनुमति नभई पाइँदो रहेनछ भन्ने संदेश प्रवाह गरेको दाबी उनले गरे। ‘मानव अधिकारको ढाडो उलंघन भयो। यसले जनतालाई आशा जगाउँछ कि निराशा बढाउँछ,’ उनले भने। प्रधानमन्त्रीले भ्रष्टाचार हुन दिन्न भन्दै गरेपनि मुलुकभर भ्रष्टाचारका घटना बढ्दै गएको दाबी गरे। सिक्टा सिंचाई आयोजनामा अनियमितता भएको विषयमा किन छानविन नगरेको भनी उनले प्रश्न गरे।त्यसैगरी नेपाल वायु सेवा निगमको वाईड बडी विमान खरिदमा भएको अनियमितताबारे छानविन गर्न अख्तियार प्रवेश गरेपछि मन्त्रालयले ढाकटछोप गर्ने ढंगले छानविन समिति बनाएको भन्दै उनले यी र यस्तै मुलुकभरका क्रियाकलापले जनतामा निराशा ल्याएको बताए।
August 28, 2018 1:40 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै