Monday 30th March 2026

पुरुषबाट धमाधम सम्बन्ध बिच्छेदका मुद्दा दर्ता, ७३ वर्षका वृद्ध पनि पुगे अदालत !

8 years अगाडी

नयाँ मुलुकी संहिता लागू भएसँगै जिल्ला अदालत दाङमा नयाँ प्रकृतिका मुद्दा दर्ता हुन थालेका छन् ।सम्बन्ध बिच्छेदका लागि महिला सोझै अदालत जान सक्ने व्यवस्था भएपनि पुरुष भने अदालत गएर मुद्दा दर्ता गर्ने कानूनी व्यवस्था थिएन ।यही भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी संहिताले सम्बन्ध बिच्छेदका लागि पुरुषलाई पनि सोझै अदालत जाने बाटो खुला गरेको छ । अहिले जिल्ला अदालत घोराहीमा सम्बन्ध बिच्छेदका लागि पुरुष पुग्न थालेका छन् ।जिल्ला अदालत घोराहीका अनुसार भदौ १ गतेदेखि सोमबारसम्म अदालतमा सम्बन्ध बिच्छेदका लागि १५ मुद्दा दर्ता भएको जिल्ला अदालतका श्रेस्तेदार गम्भीर राणाले जानकारी दिए ।एघार सम्बन्ध बिच्छेदका मुद्दा पुरुषले दर्ता गराएका हुन् ।

श्रीमतीले घर व्यवहार चलाउन नसकेको, आफू वैदेशिक रोजगारीमा बस्दा पठाएको पैसा हिनामिना गरेको, विदेशबाट घर आउँदा श्रीमती घरमा नभएको, परपुरुषसँग सम्बन्ध राखेको लगायतका कारण देखाउँदै पुरुषले सम्बन्ध बिच्छेदका लागि अदालतमा मुद्दा दर्ता गराएको जिल्ला अदालतले जनाएको छ । सम्बन्ध बिच्छेद गारउनेमा ७३ वर्षका वृद्धसमेत रहेका छन् । जिल्ला अदालतमा गत आर्थिक वर्षमा ६६४ मुद्दा दर्ता भएका थिए । अदालतले ४९७ मुद्दाको फैसला गरेको थियो भने १६६ मुद्दाको फैसला हुन बाँकी छ ।नयाँ संहिता लागू भएसँगै अदालतमा नयाँ प्रकृतिका मुद्दा आउन थालेको राणाले बताए ।

अब अदालतले सम्बन्ध बिच्छेदका मुद्दामा पक्ष र विपक्षलाई मेलमिलापकर्ताका माध्यमबाट सकेसम्म मिलाउने कोशिश गर्ने र मिल्नै नसक्ने अवस्था भए सम्बन्ध बिच्छेद गरिने राणाको भनाइ छ ।यसअघि सम्बन्ध बिच्छेदका लागि महिला सोझै अदालत जाने व्यवस्था थियो । पुरुषले गाउँ विकास समिति तथा नगरपालिकालगायतका विभिन्न प्रक्रिया पूरा गरेपछि मात्र सम्बन्ध बिच्छेदका लागि अदालत जान पाउने कानूनी व्यवस्था थियो ।

          August 28, 2018 2:36 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...