Monday 30th March 2026

१३ वर्षीया बालिका बलात्कृत, ज्यान मार्ने धम्की आएपछि पीडित परिवार विस्थापित

8 years अगाडी

इटहरी, भदौ । सुनसरीको बराहक्षेत्र नगरपालिका ८ कि १३ वर्षीया एक बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ । बालिका छिमेकी ३६ वर्षिय लालबहादुर बस्नेतबाट बलात्कृत भएकी हुन् । गत बिहिबार राती ९ बजे बालिकाको घरमा प्रवेश गरेर बालिकामाथि जवर्जस्ती गर्ने प्रयास गरिरहँदा बालिकाकी आमा र बहिनीले थाहा पाएपछि घटना सार्वजनिक भएको हो ।बालिकाले आफूलाई पटक पटक बलात्कार गर्ने गरेको आमासँग भनेकी थिइन् । उनीहरुले प्रहरीमा उजुरी गरेपछि प्रहरीले खोजी कार्य तीव्र पा¥यो र बस्नेत आफै इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा आत्मसमर्पण गर्न पुगेका थिए ।

बालिकाको बुवा घरायसी कामले पहाड बस्दै आएका छन् । घरमा उनीहरु पीडित बालिकासहित तीन जना मात्रै बस्दै आएका छन् । तर घटनापछि बस्नेत परिवारबाट धम्की दिने काम नरोकिएपछि उनीहरु घर छाडेर बस्नेत माइतीघरमा बस्न थालेका छन् ।गोठाला जाँदा पनि बस्नेत परिवारले कुटपीट गरेको र प्रहरीकहाँ भनेमा मारिदिने धम्की दिएकाले उनीहरु परिवार उठेर माइत आएको पीडितका मामा धन बहादुर राउतले बताए । घटनाबारे प्रहरीमा जानकारी गराउँदा पनि प्रहरीले खासै चासो नदेखाएको उनीहरुको आरोप छ । उनले भने, ‘भान्जी बलात्कारको मेडिकल रिपोर्ट माग्दा पनि प्रहरीले दिएनन् । अहिले त गाउँलेहरु पनि उतैतिर लागेका छन् । हामी दुःखीलाई कसले साथ दिन्छ र ?’

बालिकाको स्वास्थ्यवस्था हेर्दा सामान्य रहेपनि उनी मानसिक रुपमा निकै कमजोर भएको मामा धनबहादुरले बताए । बालिका रातिमा कराउने, तर्सिने गर्छिन् ।इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक जीवन तामाङले घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

          August 28, 2018 2:57 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...