कुवेतका राजदुत हमाल इराकको गैरआवासीय नेपाली राजदूतमा नियुक्त
कुवेत – लामो समय देखि प्रक्रियामै रहेका राजदुतद्वय यज्ञ बहादुर हमाल र झविन्द्र प्रसाद अर्याललाई आवासी र गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरिएको छ । सरकारको सिफारिसमा हमाल र अर्याललाई आवासी र गैरआवासीय राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
मंगलबार सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तपसिलमा उल्लेख भएका आवासीय नेपाली राजदूतहरुलाई इराक र अल्जेरिया देशहरुका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नु गर्नुभएको छ। आज राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
राष्ट्रपति कार्यालयद्वारा यज्ञ बहादुर हमाललाई कुवेतका लागि आवासीय र इराकका लागि गैरआवासीय राजदूतका लागि नियुक्त गरिएको हो भने झविन्द्र प्रसाद अर्याल ईजिप्टका लागि आवासीय र अल्जेरियाका लागि गैरआवासीय राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्तो छ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्ति : 
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै