Tuesday 31st March 2026

काठमाडौँ आइपुगे थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा

8 years अगाडी

काठमाडौँ, १४ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा  काठमाडौँ आइपुगेका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे । विशिष्ट पाहुना चान ओ चालाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो ।

थाइल्याण्डका प्रधानमन्त्रीलाई शिष्टाचार महापाल दीपक अधिकारी, नेपालका लागि थाइल्याण्डका राजदूत भाकवत तान्सकुल र थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले स्वागत गरेका  थिए ।

          August 30, 2018 11:19 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...