एसिया कप छनोट क्रिकेट : युएईद्वारा नेपालसामु २५५ रनको लक्ष्य प्रस्तुत
काठमाडौं, १४ भदौं । मलेसियामा जारी एसिया कप छनोट क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा युएईले नेपालसामु २५५ रनको लक्ष्य पेश गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५४ रन जोड्न सफल भएको हो ।युएईका लागि ओपनर चिराग सुरीले सर्वाधिक ६५ रनको योगदान दिए । यस्तै अदनान मुफ्तीले नटआउट ५७ रन बनाए भने असफक अहमेदले ४५, रामिज साहजादले ३५ रन बनाए ।
नेपालका लागि युवा लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । १० ओभर बलिङ गरेका सन्दीपले २४ रन मात्रै खर्चिए । यस्तै सोमपाल कामी र वसन्त रेग्मीले समान दुई दुई विकेट लिए । आजको खेलमा करण केसी महंगा सावित भए । ८ ओभर बलिङ गरेका करणले ६१ रन खर्चिए ।नेपाल र युएई एक दिवसीय मान्यता प्राप्त देश हुन् । एशिया कप छनौटमा नेपाल हिजो पहिलो खेलमा ओमानसंग ७ विकेटले पराजित भएको थियो । त्यसकारण पनि नेपाल आजको खेल जित्नैपर्ने दवाबमा छ ।
August 30, 2018 12:16 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :