Sunday 21st December 2025

यती धेरै पारिश्रमिक लिन्छन् बलिउडका तिन खान सुपरस्टार,थाहा पाउदा चकित हुनुहुनेछ

7 years अगाडी

बलिउडका खान अभिनेत्रि छन् नम्बर एकमा बलिउड फिल्म उद्योगमा तीन खानकै राज छ । आमिर, सलमान र शाहरुख खान यि त्रिमुर्ती भएपछी सबै इन्डस्ट्री नै डराउने गर्छ । यी तीनै खानहरुलाई एउटै फिल्ममा हेर्न पाए हुने भन्ने उनीहरुका फ्यानहरुको मनासाय रहन्छ ।यी तीन खानका फिल्मले गरेको ब्यापारले गर्दा जो कोही प्रोड्युसर यिनलाई लिन आतुर हुन्छन् । अहिले यि तीन खान आँफै फिल्म निर्माण गर्नेगर्छन् । यि तीनै खानलाई निर्माताले लिन हरसम्भब प्रयास गर्छन् ।

शाहरुख खान बलिउडका किङ नै हुन् । उनका धेरै फ्यान छन् । उनको फिल्मले बक्स अफिसमा तहल्का मच्चाउने भएर नै उनलैइ आफ्नो फिल्ममा लिन निर्माताहरु लालायित हुन्छन् । फोव्र्सको रिपोर्ट अनुसार, शाहरुख भारतमा धेरै कमाउने स्रेलेब्रेटिमा परेको छन । उनले एक फिल्म खेलेको ५० देखि ६० करोड रुपैयाँ लिने गरेका छन् ।

यस्तै भाईजान अर्थात सलमान खान बलिउडमा प्रवेश गरेको ३० बर्ष भइसक्यो । उनको सुरुवाती दीनमा फिल्म खासै हिट नभएनी अहिले सबै सुपरहिट नै हुनेगर्छ । उनले खेलेका फिल्मले बक्स अफिसमा धेरै कमाउने फिल्ममा नाम लेखाउने गरेका कारण पनि फिल्म निर्माताहरु उनलाई लिन कम्मर कस्छन् । उनले एउटा फिल्मबाट ५० देखि ६० करोड रुपैयाँसम्म लिने गरेका छन् । द बंग फिल्मका लागि भने सल्लुले ७० करोड लिएको भारतीय मिडियाले जनाएको छ ।

आमिर खान मिस्टर पर्फेक्सनालिस्टका नामले चर्चित छन् । उनले वर्षमा कम मात्र फिल्म खेल्ने गरेका छन् धेरै जसो फिल्म उनले आफ्नो व्यानरमा बनाउने गरेका छन् । जहाँ उनले फिल्मको कमाई अनुसार नै आफ्नो रकम तय गर्छन् । उनको पछिल्लो फिल्म दंगलले निकै कमाई गरेको छ । हलमा चलेपछि भएको मुनाफाको ६० प्रतिशत उनले लिने गरेको समाचार केही सयम अघि सार्वजनिक भएको थियो । उनले प्रति फिल्म ४५ देखि ५० करोड पारिश्रमिक लिने गरेका छन् ।

          August 30, 2018 12:31 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...