Monday 30th March 2026

हात्तीको आक्रमणबाट माउतेको मृत्यु

8 years अगाडी

चितवन, १४ भदौ । चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट बिहिबार बिहान माउतेको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी कुसाहा–८ घर भई निकुञ्जमा कार्यरत २७ वर्षीय बुहरीलाल सरदार रहेको निकुञ्जले जनाएको छ ।

निकुञ्जका अनुसार सरदार सौराहास्थित हात्तीसारमा रहेको मोतीप्रसाद (ख) नाम गरेको हात्ती लिएर घाँस काट्नका लागि निस्किएका थिए । सोही क्रममा नजिकैको वन क्षेत्रमा हात्तीले माउतेलाई आक्रमण गरेको हो । घाँस काट्न गएका दुईमध्ये अर्का एक रुखमा चडेर बाँच्न सफल भएका थिए । सरदार यही भदौ ५ गते सोही हात्तीको माउतेका रुपमा करारमा नियुक्त भएका थिए ।

          August 30, 2018 12:56 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...