सय करोड बढी कमाएको अक्षकुमारको ‘गोल्ड’को रेकर्डलाई पनि तोड्यो ‘सत्यमेव जयते’ले
एजेन्सी । बलिउडका नायक अक्षय कुमार र जान अब्राहिमबीच लगातार प्रतिस्पर्धा चलिरहेको छ। दुवैका फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड बनाई रहेका छन्। यस अघि हैप्पी फिर भाग जाएगी को रिलिजछि दुई फिल्मको टक्कर हुने र व्यापार घाटा हुने आशंका गरिएको थियो तर यस्तो भएन।
अक्षय कुमारको फिल्म गोल्डले अहिलेसम्म १०१.४५ करोड भारु कमाएको छ भने जान अब्राहिमको सत्यमेव जयतेले ८६.३८ करोड भारु कमाईसकेको छ। यस हिसाबमा गोल्ड अगाडि छ तर सत्यमेव जयतेको १४ औँ दिन अर्थात हिजो मंगलबारको कमाई एक करोड ४६ लाख छ भने त्यही दिन गोल्डले एक करोड भारुको मात्रै व्यापार गरेको छ । यस हिसाबले गोल्डको अगाडि सत्यमेव जयते लागेको छ।
सत्यमेव जयते अर्को एक कुरामा पनि गेल्ड भन्दा अगाडि देखिएको छ। अक्षय कुमारको गोल्डको बजेट ८० करोड हो भने सत्यमेव जयतेको कमाई ३५ ४० करोड मात्रै हो। लगानीलाई हेर्ने हो भने पनि सत्यमेव जयतेले लगानीको दोब्वर कमाई गरिसकेको छ। तर लगानीको हिसाबले भार बाकेको गोल्डले अहिलेसम्म खासै धेरै रकम उठाउन सकेको छैन। अहिलेको व्यापार रफ्तार हेर्दा गोल्डले आगामी साता लगभग ९० करोडको व्यापार गर्न सक्ने अनुमान गरिएको छ।
August 30, 2018 1:16 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले