यस कारण आफ्नै आमाले रद्द गराइन छोरीको प्रेम बिवाह
प्राप्त जानकारी अनुसार एक प्रेम जोडिको बिछोड भएको छ । जाजरकोटमा एक आमाले नै आफ्नी छोरीको प्रेम विवाह रद्द गरेकी छन् । छेडागाड नगरपालिका ९ मा कल्पना रोकायले आफ्नी छोरी १६ वर्षीया राधिकाले गर्न लागेको प्रेम विवाहलाई रद्द गरेकी हुन् । कल्पनाले वडाध्यक्ष गोपाल नेपालीसमक्ष निवेदन दिएपछि राधिकाको विवाह रद्द भएको हो । शेराखहरे कालिका माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत राधिका कोहलपुर नगरपालिका ८ झरकट्टी निवासी १८ वर्षीय प्रेम बुढासँग भागेर कोहलपुर पुगेकी थिइन्।
सामान खरिदका लागि स्थानीय थलह बजार पुगेकी राधिकाले भागेर प्रेमसँग बिहे गरेकी थिइन् । तर, उमेर नपुग्दै छोरीले बिहे गरेको भन्दै कल्पनाले बालविवाह रद्द गराई छोरीलाई फिर्ता ल्याइदिन आग्रह गर्दै वडामा निवेदन दिएपछि उनको विवाह रद्द भएको हो ।निवेदन दिएलगत्तै वडा अध्यक्ष गोपाल नेपाली, वडा बालसंरक्षण समिति, प्रहरीको सक्रियतामा यही भदौ १३ मा उक्त बालविवाह रद्द गदै आफन्तको जिम्मा लगाएको छ।
August 30, 2018 1:31 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी