कुवेतमा स्याङ्जा सहयोग समाजले एम्बुलेन्स आर्थिक सहयोग युगल साँझ कार्यक्रम गर्दै
कुवेत ३० अगस्ट – एम्बुलेन्स आर्थिक सहयोग अभियानका प्रमुख अभियान्ता लोक पप गायक बि बि मल्ल ठकुरीको साथमा यूरोपबाट चर्चित गायक तुल्सी शिवाकोटी कुवेत आउने भएका छन।
गृह जिल्लामा एम्बुलेन्स हस्तान्तरण गर्नको लागि स्याङ्जा सहयोग समाज कुवेतले युगल साँझ कार्यक्रमको लागि कुवेत आउन लागेको अभियान्ता ठकुरीले हिमाली संचारलाई बताए।
केही दिन अगाडि बि बि मल्ल ठकुरी एकल साँझ कार्यक्रम गर्ने तय भए पनि यसलाई अझ पृथक साथै बृहत् किसिमको साँङ्गेतिक मनोरञ्जनात्मक पस्कने उद्देश्यले यूरोपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक तुल्सी शिवाकोटीको नौलो अनुहार यस एम्बुलेन्स आर्थिक सहयोग अभियानका मुख्य अभियन्ता बि बि मल्ल ठकुरीको साथमा देखिने भएका छन् ।
गाँउले परिवेशमा हुर्केका बि बि मल्ल ठकुरीले अहिलेको एकाइसौं शताब्दी बित्न लागि सक्दा पनि कयौं बिरामीहरु समयमा नै अस्पताल पुग्न नसक्दा अकालमा नै मृत्यु हुने गरेको तितो स्मरण गर्दै उक्त अभियान थालिएको बताए।
“सुनौलो बिहान स्याङ्जा निर्माणमा हाम्रो अभियान” भन्ने मुल नाराको साथ स्थापना भएको स्याङ्जा सहयोग समाज कुवेतले यस कार्यक्रमको आयोजना गर्ने भएको हो । स्वयम् बि बि मल्ल ठकुरी उक्त समाजको संरक्षक पनि हुन्।
सहयोगी दाताहरुलाई हृदय देखि नै धन्यवाद दिदै कुवेतमा भएका संघ, संस्था, समाजका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी, कलाकार, खेलाडी साथै कुवेतमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई उपस्थिति हुनु भइ कार्यक्रम सभ्य र भव्य गरि दिन हुन स्याङ्जा सहयोग समाज कुवेत विनम्र अनुरोध गरेको छ।
August 31, 2018 1:10 am | प्रवास,संगीत,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार