दुधालु गोरु ! जहाँ गाउँलेलाई ‘दुधको प्रसाद’ बाँड्छन्
8 years अगाडी
Susma Dhakal
काठमाडौँ, १५ भदौ । भनाई नै छ — गोरु ब्याउँदैने, दुध पनि दिँदैन ।तर, यति बेला हेलम्बु गाउँपालिकाको इचोक, पुरानागाउँका सोनाम तामाङको घर पुग्ने जोकसैलाई यो भनाई झुटो लाग्न सक्छ ।तामाङ दिनहुँ गोरु दुहुन्छन्, त्यसको दुध गाउँलेलाइ प्रसाद बाँड्छन् ।भन्छन् — विहान बेलुकी गरेर एक मानाजति दिन्छ पहिले कहीकतै नदेखेको नसुनेको यो घटनाले स्थानीय छक्क परेका छन ।
अनि तामाङचाहिँ दँग । उनको घरमा गोरुले दुध दिएको हेर्न आउनेको भीडै लाग्न थालेको छ ।
सुरुमा तामाङ पनि कम्ती चकित परेका होईनन् ।उनका अनुसार गत जेठदेखि गोरुको अण्डकोषछेउको थुनबाट दुधको थोपा खस्न थाल्यो ।
गोरुको तन्तुबाट सेतो पदार्थ झर्न थालेपछि दुध हो कि भनेर दुहेको त हो रहेछ, तार थुनमध्ये दुईवटा बिहान बेलुकै दुहुने गरेको छु, उनले भने, सबैले भगवान शिवजीको साढे नन्दी भनेर पुजा गर्न थालेका छन् ।
August 31, 2018 10:46 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
Loading...