Monday 30th March 2026

आफ्नै घरमा मृत फेला परिन् एक महिला, हत्या भएको आशंका

8 years अगाडी

लमजुङ । लमजुङमा मध्यनेपाल नगरपालिका १ जितामा आज एक महिला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन्।साविक जिता गाविस, निबुवाटारी बस्दै आएकी ५९ वर्षीया दमन्ती घिमिरे मृत अवस्थामा फेला परेकी हुन्।घिमिरेको घरमा ढोका खुला रहेको र घरभित्र बाँदर पसेपछि छिमेकीले लखेट्ने क्रममा उनी मृत अवस्थामा फेला परेकी हुन्। घिमिरेको गएराति हत्या भएको अनुमान गरिएको छ।

घरमा एक्लै बस्दै आएकी घिमिरेलाई खोज्दै जाँदा शरीरमा चोट र रगताम्य अवस्थामा मृत फेला पारेपछि तत्काल प्रहरीलाई खबर गरिएको वडा अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए।घिमिरेको टाउको, नाक, मुख र घाँटीमा गम्भीर चोट देखिएको छ भने एउटा हात र औंला पनि भाँचिएको अवस्थामा रहेको स्थानीय बासिन्दाले बताएका छन्।

सन्तान नभएकी घिमिरे अमेरिकामा रहेका आफ्ना श्रीमानसँग अंशबण्डा गरी छुट्टिएर एक्लै बस्दै आएकी थिइन्। घटनास्थलको प्रारम्भिक अनुसन्धानबाट कर्तव्य भएको यकिन गर्न सकिने घटनास्थल पुगेका लमजुङका प्रहरी प्रमुख यादव ढकालले बताए।प्रहरीले पोखराबाट कुकुर ल्याएर घटनास्थल र घटनाबारे थप अनुसन्धान गरिरहेको पनि उनले जानकारी दिए।

          August 31, 2018 11:04 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...