Sunday 21st December 2025

प्रियंकाको ठाउँमा कट्रिना ल्याउँदा ‘भारत’को स्क्रिप्ट फेरियो, यसकारण फिट भइनन् कट्रिना

7 years अगाडी

मुम्बइ। सलमान खानको आगामी फिल्म भारतको माल्टामा भइरहेको सुटिङ पूरा भएको छ । यो फिल्ममा सुरुमा प्रियंका चोपडालाई सलमानको अपोजिट रोलमा राख्ने तयारी गरिए पनि प्रियंकाले बीचैमा फिल्म छोडेपछि त्यो रोल कट्रिना कैफलाई दिइएको थियो । सूत्रका अनुसार प्रियंकाको ठाउँमा कट्रिनालाई ल्याएपछि फिल्मको स्क्रिप्ट नै फेर्नुपरेको थियो । सलमानले केही समयअघि फिल्मको स्क्रिप्ट फेर्न लगाएका थिए ।

फिल्मको मूल कथाअनुसार फिल्मका हिरोले एक युद्धका क्रममा आफ्नो एक खुट्टा गुमाउँछन् । तर सलमान र निर्देशक अली अब्बास जफरले यो दृश्यलाई हटाएका थिए । पछिल्लो जानकारीअनुसार फिल्ममा कट्रिना कैफ आएपछि स्क्रिप्ट पुनः बदलिएको छ । पहिलेको स्क्रिप्टअनुसार फिल्ममा प्रियंका चोपडाले एक उत्तर भारतीय युवतीको भूमिका निभाउँदै थिइन् । कट्रिना आएपछि यो स्क्रिप्टलाई पुनः उनको हिसाबले फेरिएको छ । यो फिल्म कोरियन फिल्म ‘ओड टू माइ फादर’बाट प्रेरित छ ।

 

          August 31, 2018 11:43 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...