जाजरकोटमा खोलाले बगाएर श्रीमान श्रीमतीको मृत्यु
8 years अगाडी
Susma Dhakal
जाजरकोट, १६ भदौ । रुकुम (पश्चिम)को बाँफिकोट गाउँपालिकामा खोलामा बगेर श्रीमान् श्रीमतीको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका–८ दुलिदुलिखाका ५० वर्षीय अमृत घर्ती र उनकी श्रीमती ४८ वर्षीया तुलसा घर्तीको बाँफिकोटको बडगाई खोलामा बगेर मृत्यु भएको हो ।
खोलामा रहेको काठको पुल तर्ने क्रममा चिप्लिएर बगेका घर्ती दम्पतीमध्ये श्रीमान अमृतको शव शुक्रबार बेलुकी फेला परेको थियो । बगेको भन्दा करीब दुई सय मिटर तल उनको शव फेला परेको इलाका प्रहरी कार्यालय बाँफिकोटले जनाएको छ ।
त्यस्तै श्रीमती तुलसाको शव भने शनिबार बिहान ७ बजेतिर फेला परेको छ । खोजी गरिरहेका स्थानीय र प्रहरीको टोलीले बगेको भन्दा करीब १५० मिटर तल शव फेला पारेको वडा नं ८ का वडा सदस्य भीमबहादुर बाँठाले जानकारी दिए ।
September 1, 2018 1:05 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
Loading...