Sunday 21st December 2025

यी हुन् ती सुन्दरी जोसँग टाइगर श्राफ नजिकिँदा सबैलाई भयो टेन्सन ! (फोटो फिचर सहीत)

7 years अगाडी

करण जौहरको फिल्म ‘स्टुडेन्ट अफ द इयर–२’ पछिल्लो समय चर्चामा छ । यो फिल्ममा टाइगर श्राफसँग २ नयाँ हिरोइनले डेब्यू गर्दैछन् । फिल्ममा टाइगरसँग तारा सुतारिया र अनन्या पाण्डे मुख्य भूमिकामा छन् । यी दुवैको हिरोइनको रुपमा यो डेब्यू फिल्म हुनेछ । फिल्मको चर्चा चलिरहँदा फिल्मका दुई मुख्य कलाकार टाइगर श्राफ र तारा सुतारियाको बढ्दो निकटताले झनै चर्चा पाएको छ ।

अहिले तारा स्वर्गीय कलाकार विनोद मेहराका छोरा रोहन मेहरासँग डेट गर्दैछिन् । उता टाइगर श्राफ पनि बलिउड हिरोइन दिशा पटानीसँग सम्बन्धमा छन् । तर, तारा र टाइगरको निकटता यतिसम्म बढेको छ कि सबैले आफूलाई असुरक्षित महसुस गर्न थालेका छन् । एक भारतीय दैनिकको रिपोर्ट अनुसार यता रोहन मेहरा टेन्सनमा छन् त उता दिशा पटानीले समेत आफूलाई असुरक्षित महसुस गर्न लागेकी छिन् । यहाँसम्म कि टाइगर र ताराका अभिभावकसमेत यी दुईको निकटताले सशंकित छन् । रिपोर्टमा बताइए अनुसार तारा र टाइगर फोनमा घण्टौं कुरा गर्छन् । यी दुईलाई केही दिनअघि एक फेशन डिजाइनरको कार्यक्रममा समेत सँगसँगै देखिएको थियो ।

हेर्नुहोस् ताराका  फोटोहरु –

          September 1, 2018 2:41 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...