नेपाल मेलमिलाप प्रबासिय संघ साउदीद्वारा आगलागि पिडितलाइ राहात ।
तेज थापा,
साउदी अरब – गत अगस्ट २० तारिख ब्लक र कंक्रिट फ्याक्ट्रीमा आगलागि हुंदा नगद र जिन्सि समेत जलेर नस्ट भएका नेपाली कामदारलाइ नेपाल मेलमिलाप प्रबासिय संघ साउदी अरबले सहयोग गरेको छ । संघका अध्यक्ष लिला बहादुर बुढाथोकी (बिचारी) ले दिएको जनकारी अनुसार उन कै अध्यक्षमा हिजो बसेको आपतकालीन बैठकले पिडित ३ जना नेपाली कामदारहरूलाइ साउदी रियाल १ हजार राहात दिने निर्णय गरेको हो ।
संघका अध्यक्ष बुढाथोकी, उपाअध्यक्ष मान बहादुर मगर, सदस्यहरूः महन बिस्ट, अमर तामाङ्ग,जित बहादुर तामाङ्ग,पदम लिम्बु,क्षत्र बहादुर गुरुङ,नबिन काम्बाङ्ग,किसन गुरुङ,कृष्ण घिसिङ्ग,डेनिश राइ ,सबिन बि. क.,उमेश बुढाथोकी लगायत बरिष्ठ सल्लाकार सोम लिम्बुको टोलिले हिजो आगलागि पिडित जिवन,बि.क.,ओम बि क. र आसिक लाल यादबलाइ भेटि राहात सहयोग स्वरूप नदग एक हाजार साउदी रियाल हस्तान्तण गरेका हुन् ।
साउदि अरबको जिजन स्थित सविया नजिकै साउदी पम्प ब्लोक र कङ्गक्रिट फ्याक्ट्रीमा १२ दिन पहिला भएको भिषण आग लागिमा परि कम्पनिमा कार्यरत कामदारहरूको नगद, जिन्सि लगायतका समाग्रिहरू जलेर नस्ट भएका थिए । हालसम्म रोजगारदाता कम्पनिले पिडित कामदारहरूलाइ खान, लत्ता कपडा र बस्ने कोठाको उचित व्यवस्थापनमा चासो दिएकोले हामीले राहात सहयोग स्वरूप नगद हस्तान्तण गरेका हौ- मेलमिलाप प्रबासिय संघ साउदी अरबका अध्यक्ष बिचारीले उल्लेख गरे । साथै यहि हस्ता भित्रै कम्पनिका व्यवस्थापकहरूसँग पनि भेटि पिडितहरूको उचित व्यवस्थापनका लागी अनुरोध गर्ने तयारीमा छौ, – उनले भने ।
September 1, 2018 8:13 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड
चुनावी प्रयोजनका लागि अर्थ मन्त्रालयबाट १९ अर्ब १५ करोड बराबरको स्रोत सहमति
चुनाव र शान्ति सुरक्षामा असर पर्ने अभिव्यक्ति नदिन मानव अधिकार आयोगको आग्रह
तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम २७ मार्च २०२६ मा हुने ।
चुनावमा खटिने कर्मचारीका लागि २० लाख रुपैयाँको दुर्घटना बीमा
सुदूरपश्चिमेली नेपाली समाज कुवेतको अध्यक्षतामा महेश कुमार चयन