‘ए मेरो हजुर ३’को शुभमुहुर्त, अनमोलसँग डेब्यु गर्दै झरनापुत्री सुहाना
काठमाडौं – नायिकाबाट निर्देशक बनेकी झरना थापाले निर्देशन गर्न लागेको दोस्रो चलचित्र ‘ए मेरो हजुर ३’को शुभमुहुर्त गरिएको छ ।पोखराको विन्धवासिनी मन्दिरमा गरिएको शुभसाइतमा नायक अनमोल केसी, नव–नायिका सुहाना थापा, निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा, छायांकार संजय लामा लगायतको टिम उपस्थित थियो ।
यस चलचित्रबाट नायिका तथा निर्देशक थापाले आफ्नी छोरी सुहानालाई चलचित्र क्षेत्रमा डेब्यू गराउँदैछिन् । जसका लागि सुहानाले अहिले अभिनयको कोर्ष सिकिरहेकी छिन् । अहिले पोखरामा नै केही दृश्यको छायांकन भैरहेको चलचित्रको रेगुलन छायांकन भने असोजबाट मात्र शुरु गरिने बताईएको छ ।
नायक अनमोल केसी शनिबार पोखरामा आयोजना भएको ‘अनमोल इभ’मा सहभागी हुन शुक्रबार त्यहाँ पुगेका थिए । सोही मौकामा चलचित्रको शुभसाइत गरिएको हो । चलचित्रलाई चैत्र २९ गतेबाट रिलिज गर्ने तयारी गरिएको छ । सुहाना इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुने चलचित्रमा सुनिल कुमार थापाको लगानी रहने छ।
September 2, 2018 11:08 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :