‘ए मेरो हजुर ३’को शुभमुहुर्त, अनमोलसँग डेब्यु गर्दै झरनापुत्री सुहाना
काठमाडौं – नायिकाबाट निर्देशक बनेकी झरना थापाले निर्देशन गर्न लागेको दोस्रो चलचित्र ‘ए मेरो हजुर ३’को शुभमुहुर्त गरिएको छ ।पोखराको विन्धवासिनी मन्दिरमा गरिएको शुभसाइतमा नायक अनमोल केसी, नव–नायिका सुहाना थापा, निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा, छायांकार संजय लामा लगायतको टिम उपस्थित थियो ।
यस चलचित्रबाट नायिका तथा निर्देशक थापाले आफ्नी छोरी सुहानालाई चलचित्र क्षेत्रमा डेब्यू गराउँदैछिन् । जसका लागि सुहानाले अहिले अभिनयको कोर्ष सिकिरहेकी छिन् । अहिले पोखरामा नै केही दृश्यको छायांकन भैरहेको चलचित्रको रेगुलन छायांकन भने असोजबाट मात्र शुरु गरिने बताईएको छ ।
नायक अनमोल केसी शनिबार पोखरामा आयोजना भएको ‘अनमोल इभ’मा सहभागी हुन शुक्रबार त्यहाँ पुगेका थिए । सोही मौकामा चलचित्रको शुभसाइत गरिएको हो । चलचित्रलाई चैत्र २९ गतेबाट रिलिज गर्ने तयारी गरिएको छ । सुहाना इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुने चलचित्रमा सुनिल कुमार थापाको लगानी रहने छ।
September 2, 2018 11:08 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले