Monday 22nd December 2025

रोल्पामा दाइबाट ६ वर्षिया बहिनी बलात्कृत

7 years अगाडी

रोल्पा, १७ साउन । रोल्पामा एक ६ बर्षीया बालिका बलात्कृत भएकी छन् । रोल्पा नगरपालिकामा दाइबाट बहिनी बलात्कृत भएकी हुन् ।१५ बर्षीय किशोरले ६ बर्षीया बहिनीको बलात्कार गरेका हुन् । घटना १२ दिन अघिको भएपनि बालिकाले डरका कारण बाहिर नल्याएको पारिवारिक स्रोतले बताएको छ । बलात्कृत बालिका बिरामी भएको र बिजुवार प्युठानमा चेकजाँचका क्रममा डाक्टरले थाहा पाएपछि मात्रै यो घटना बाहिर आएको हो ।

शुक्रबार बेलुका जिल्ला प्रहरी कार्यालय रोल्पाबाट गएको टोलीले अनुसन्धान पछि बलात्कार भएको पुष्टि भएको ईन्सपेक्टर सुदर्शन पन्थीले जानकारी दिए । किशोर र बालिका दिदी बहिनीका छोरा छोरी हुन् ।आरोपित बालकलाई बाल सुधारगृह पठाइने इन्सपेक्टर पन्थीले बताए ।

यसैबीच पछिल्लो समय जबरजस्ती करणीका घटना बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ । नेपाल प्रहरीको तथ्यांक अनुसार अघिल्लो वर्षमात्रै १४ सय ८० उजुरी प्रहरीमा दर्ता भएको छ । प्रहरीसम्म नआइपुगेका घटना यो भन्दा बढि हुन सक्ने अनुमान गरिएको छ ।

          September 2, 2018 11:12 am | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...