सदाका लागि साउदीमा अस्ताय कर्ण बहादुर कार्की ।
तेज थापा/मनोज बराल
साउदी अरब – देशमा बढ्दो बेरोजगारका कारण नेपालबाट लाखौं युवाहरू दिनानु विदेश पलायन भइरहेका छन् । सुन्दर भविष्यको सपना साचि प्रवास पलायन हुने सबैको सपना साकार नहुने रहेछ । स्वदेश मै परिवारसँग रमाइ वस्ने चाहना कस्लाइ पो हुदैन र ! वाध्यता र विवशताको जातो मुनि पिधिएका नेपाली यूवाहरूको उर्भरा शक्ति,जोश, जागर रगत र पसिना बिदेशि भुमिमा वगिरहेको त छदैछ तर ति मध्य कहिले स्वदेश नफर्कने गरि उतै अस्थाएका छन् थुप्रै उदहरणहरू छन् । पैसासँग साटिएका धेरै नेपाली कामदारहरूको लास काठको वाकसमा बन्द भएर नेपाल फर्कने गरेका छन् । यस्तै घटनका वास्तविक पात्र हुन् ४६ बर्षिय कर्ण बहादुर कार्की ।

उदयपुर जिल्ला त्रियुगानगरपालिका वार्ड न ११ शिबालय टोल स्थाइ घर भएका कर्ण बहादुर कार्की छोराछोरीक सुनौलो भविष्यको परिकल्पना सहित लामो समयदेखि साउदीमा श्रम बेचिरहेका थिए । तर विडम्वना नियतिने उनको सपना चकनाचुर पारीदिएको छ । दिनभरको काम सकि साझ पसलबाट सर-सामान किनि कोठामा फर्कदै गर्दा चल्ति गाडिको ठक्करले उनको घटना स्थल मै मृत्यु भएको छ ।
जिजान मै अर्को कम्पनिमा कार्यरत टेक नारायण श्रेष्ठबाट घटनाको जानकारी प्राप्त हुनसाथ मेलमिलाप प्रबासिय संघका अध्यक्ष लिला (बिचरी) बहादुर बुढाथोकी तत्काल दुर्घटना स्थल पुगेका थिए । बिचारीले दिएको जानकारी अनुसार मृतक कार्कीलाइ रोड क्रश गर्दै गर्दा बिहिबार साझ ७:३० बजे साउदी नागरिकको गाडिले ठक्कर दिएको थियो । बुढाथोकी थप जानकारी हासिल गर्न सनिबार मृतक कार्कीको रोजगारदाता कम्पनिमा पुगेका थिए । कम्पनिले क्षतिपूर्ति सहित मृतक कार्कीको लास नेपाल फर्काउने आश्वान दिएको छ र आइतबार देखि प्रकृया अघि बढेको छ भने ठक्कर दिने साउदी नागरिक र निजको गाडी समेत स्थानिय प्रहरीले नियन्त्रणमा लिएको छ,- बुढाथोकीले भने ।
साउदी अरबको जिजान स्थित अल्हार्द्द बथान नजिकै आहामद याहया खुबरानी बल्दियामा काम गर्दै गरेका मृतक कार्किको लास अहिले जिजान नजिकैको आर्दह हस्पिटलमा राखिएको छ । उनको परिवामा श्रीमति सहित ३ छोरी सहित १ छोरा छन् ।
September 3, 2018 1:20 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा