Wednesday 5th November 2025

एन.आर.गौतम मोडलिङ्गसंगै अब निर्देशकको भुमिकामा (भिडियो सहित)

7 years अगाडी

कमल सिंह
काठमाडौं – डि.आर.फिल्मस प्रालिको प्रस्तुतिमा छवि बिसिको लोक दोहोरी गीत “माया पाउन” हालसालै मात्र नेपाली साङ्गितिक बजारमा आएको छ।

यस गीतमा चर्चित गायिका तुलसी घर्ती मगर र छवि बिसिको आवाज रहेको छ भने लय/शब्द पनि बिसिकै रहेको छ।

एन.आर.गौतमद्वारा निर्देशीत गीतको भिडियोमा एन.आर.गौतम, रोनि, भावना, मायालु र टेकेन्द्रले मोडलिङ्ग गरेको भिडियो लाई डि.बि.रउलेले क्यामेरामा कैद गरेका हुन भने मीन रावलले सम्पादन गरेका छन।

डेढ दर्जन भन्दा बढी लोक दोहोरी गीतहरुमा मोडलिङ्ग गरिसकेका गौतमले यो गीतमा पहिलोपटक निर्देशनको जिम्मेवारी सम्हालेका हुन। पहिलोपटक निर्देशन गरेको गीतको म्युजिक भिडियो उत्कृष्ट बन्नेमा पनि आफु ढुक्क रहेको मोडल तथा निर्देशक गौतमले हामी सगको कुराकानीमा बताए।

हेर्नुहोस “माया पाउन” गीतको पूरा भिडियो।

          September 4, 2018 5:15 am | भिडियो,संगीत


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...